Home» Music »Feature

मणिपुरबाट सीधै आर-शालामा पस्दा...

फेब्रुअरी महिनाको पलेँटीमा भारतको पूर्वोत्तरका नेपालीभाषी कलाकार शान्तानुकुमार लिम्बुको गायनकला प्रस्तुत हुने भएको छ । जीवनकै पहिलो एकल गायन लिएर नेपाल भित्रिएका शान्तानु पलेँटीका वाद्यवादकसितको नियमित अभ्यासमा जुटिसकेका छन् ।

मणिपुर राज्यको काङलातुम्बीमा सन् १९५२ मा जन्मिएका शान्तानुले बाल्यकालदेखि नै संगीतमा चासो देखाएका हुन् । उतिबेला आफ्नो जन्मथलो काङलातुम्बीमा आयोजना हुने भजन किर्तनमा उनी बडो उत्साहका साथ सहभागी हुने गर्थे । पछि सैनिक पेशामा संलग्न भएपछि पनि संगीतप्रतिको उनको मोह घटेन । शान्तालाई संगीतको औपचारिक अध्ययनको मौका नमिले पनि उनले एमएन चोपेलासित गुरुकुल परम्परामा संगीत शिक्षा प्राप्त गरेका छन् ।

स्थानीय नेपाली मिलेर पूर्वोत्तरमा नेपालीभाषा र संस्कर्ति जोगाउनु पर्ने आवाज उठाउँदै आएका शान्तानुले विगतमा मणिपुरभित्र मञ्जरी नामको साँस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । मञ्जरीमार्फत् अफ्नो प्रतिभा प्रस्तुत गर्ने गायक गायिकाहरू अहिले पनि आफ्नो कलाकर्ममा चर्चित रहेका छन् । आफ्ना निकटका गीतकार मित्रहरू पदमबहादुर राई र जितेन्द्र बर्देवा (मणिपुर) को अवशानपछि चुपचाप बसेका शान्तानुलाई पलेँटीका श्रोताले पहिलो पल्ट सुन्ने अवसर पाउने भएका छन् ।

उनका गीतहरूमा नेपाली लोकलय र आधुनिक संगीतको प्रभाव भएका कारण पहिलोपटक तिनलाई सुन्ने श्रोतालाई पनि ती नौला लाग्दैनन् । यही नै उनको गायनको विशेषता हो । पलेँटीमा नेपालीभाषाका साथसाथै मणिपुरी र अखमिया गीतसमेत गाउने तयारी गरिरहेका शान्तानु नेपालयको आर शालामा भित्रिँदै गर्दा भने- "उहीँ, उतै नेपाली भाषा र संस्क्रितिका निम्ति लड्दा लड्दै थाकेको थिएँ । मलाई त यहाँ आफ्नै परिवारको माझमा भएजस्तै लागिरहेको छ । पलेँटीमा त्यो क्षेत्रबाट पहिलो पटक प्रतिनिधित्व गर्ने अवसर पाएकोमा म खुसी छु । साथै यो साँझलाई अविस्मरणीय बनाउन म हरसम्भव प्रयास गर्नेछु ।"

सुमधुर रोमाण्टिक गीतहरुका साथै गजल र जागरण गीतहरु सुनाउनका लागि उनी हौस्सिएका छन् ।

विगत तीनवर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको पलेँटी शृंखलामा नेपाल र नेपाल बाहिरका प्रतिष्ठित गायक गायिकाहरूको सहभागिताको क्रम निरन्तर छ ।

पलेँटीको माधुर्य पोहोर दार्जिलिङसम्म पुगेको थियो अब पूर्वोत्तरसम्म पुगेको छ । पूर्वोत्तरमा पाहुनालाई अति नै सत्कार गरिने प्रचलन छ । आशा छ पलेँटीका श्रोताले पनि शान्तानु दाइलाई आदर सत्कारका साथ सुन्ने छन्, पलेँटी शृंखलालाई संयोजन गरिरहेका गायक तथा संगीतकार आभासको टिप्पणी थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
कन्सर्ट रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान तातोपीरो गायिका प्रेम र विवाह रुचि सङ्गीतकार नेपाली तारा उपलब्धि हल्ला भिडन्त गीतकार पेज थ्री ट्रयाक बाहिर गायक विचार समुद्रपार
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल