आउनेको भन्दा नआउनेहरुको चर्चा

ओस्कार अवार्डको चर्चा बाक्लैसँग हुन्छ भने फिल्मफेयर अवार्डको पनि किन नहोस् ! आखिर उनीहरुको व्यापार पनि त संसारभर नै हुने गरेको छ !
तर यस पटकको फिल्म फेयर अवार्डको सबैभन्दा रोचक पक्ष के रह्यो भने, अवार्ड समारोहमा अक्षयकुमार, करिना कपुर, विवेक ओबरायहरुले नाचे र शाहरुख खान अनि शैफअलि खानले मज्जाले हँसाए भन्ने कुरामा भन्दा पनि बच्चन परिवार अवार्ड समारोहमा किन आएनन्, डु यु वाना पार्टनरभन्दै सोध्ने गोविन्दा, सलमान र सलमानकी प्रेमिका क्याटि्रना कैफसहित किन गायब भए, शाहीद कपूर के करिनाका कारण अनुपस्थित भएका हुन् आदि प्रश्नहरुतिर मोडिएका थिए ।
हुन पनि सोनम कपुर र अनील कपुरको उपस्थिति अवार्ड समारोहमा आशाप्रद थियो । रानी मुखर्जीको अनुहार पनि देख्न पाइएला भनेर आँखा ओछ्याउनेको कमी थिएन । तर अजय देवगन, काजोल, काजोलकी छोरी र ससुरा वीरु देवगन चाहिँ अवार्डमा सहभागी देखिए ।
यस पटकको अवार्डमा सबैभन्दा रोचक पक्ष चाहिँ तारे जमीन परका दर्शिल सफारी बने । उनलाई क्रिटिक अवार्डतर्फसर्वोत्कृष्ट अभिनेताको अवार्ड दिइएको थियो भने चक् दे इण्डियाबाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड शाहरुख खानले हात पारेका थिए । आमिर खान सर्वोत्कृष्ट निर्देशक दरिएका थिए । बाँकी सूचि अब आफैँ हेर्नुहोस्-
• Best Actor (Male): Shah Rukh Khan for Chak De India
• Best Actor (Female): Kareena Kapoor for Jab We Met
• Best Director: Aamir Khan for Taare Zameen Par (TZP)
• Best Film: Aamir Khan for Taare Zameen Par
• Best Actor in a Supporting Role Male: Irrfan Khan for Life in a Metro
• Best Actor in a Supporting Role Female: Konkana Sen Sharma for Life in a Metro
• Best Music: A. R. Rehman for Guru
• Best Lyricist: Prasoon Joshi for Maa from Taare Zameen Par
• Best Playback Singer (Male): Shaan for Jabse Tere Naina from Saawariya
• Best Playback Singer (Female): Shreya Ghoshal for Barso Re from Guru
• Best Dialogues: Imitiaz Ali for Jab We Met
• Best Screenplay: Anurag Basu for Life in A Metro
• Best Story: Amol Gupte for Taare Zameen Par
• Best Male Debutant: Ranbir Kapoor for Saawariya
• Best Female Debutant: Deepika for Om Shanti Om
• The Sony Face of the Year Award: Deepika Padukone
• R D Burman Music Award: Monty Sharma for Saawariya.
• Best Background Score: A. R. Rehman for Guru
• Best Costumes: Sujata Sharma for Gandhi My Father
• Best Cinematography: Sudip Chatterjee Chak De India
• Power Award: Yash Chopra and Aditya Chopra
• Life Time Achievement Award: Rishi Kapoor
• Critics' Award for Best Film: Shimit Amin for Chak De India
• Critics' Award for Best Actress: Tabu for Cheeni Kum
• Critics Award for the Best Actor: Darsheel Safary for Taare Zammen Par
FilmFare Photo Gallery >>