Home» Around the World »Weird and Interesting

कलाकार पनि कस्ता !

अष्ट्रेलियाली कलाकार टिम प्याचले अहिले अष्ट्रेलियाकै सबैभन्दा सर्वोत्तम कला पुरस्कार हात पारेका छन् । यो त ठूलो कुरा भएन तर रोचक के छ भने उनले यो पुरस्कार हातले चित्र बनाएबापत चाहिँ पाएका होइनन् । उनले आफ्नो लिङ्गलाई हात सरह उपयोग गरेर चित्र बनाएकोमा उक्त पुरस्कार हात परेको हो ।

आफूलाई प्रिकास्सो भनेर चिनाउने यी कलाकारले आफ्नो जनेन्द्रीयलाई चित्र बनाउनका लागि उपयोग गर्ने गरेका छन् । यिनले लिङ्गमा रंग दलेर ब्रससरह चित्र बनाउने गरेकाले यो कार्यलाई चित्रकारिताकै अनुपम उदाहरण मान्दै उक्त पुरस्कार दिइएको बताइएको छ ।

सामान्यतया उनले आफ्नो लिङ्गको उपयोगिता संसारभर हुने यौन प्रधान सामग्रीको प्रदर्शनीमा गर्ने गर्दथे । उनले लिङ्गले बनाएको एउटा व्यक्तिको चित्रलाई अष्ट्रेलियाली सर्वोत्कृष्ट कला पुरस्कार आर्किबाल्ड पाएका हुन् ।

उनको अनौठो चित्रकारिताका लागि यो पुरस्कार प्रदान गरिएको उक्त पुरस्कार वितरकले जनाएका छन् । हुन पनि उनले लिङ्गलाई रंगमा चोबलेर चित्र बनाउने गर्दथे ।

यो पुरस्कार हात पारेपछि सिड्नी मोर्निङ हेराल्ड पत्रिकालाई उनले भने- "मैले लिङ्गलाई किन उपयोग गरें भने म सधैँभरि एउटै काम गर्न झूर लाग्छ र त्यो एकरसता तोड्नका लागि ब्रसको सट्टा लिङ्गको उपयोग गरेको हुँ ।"

यस प्रतियोगिताका लागि ७०० वटा चित्रहरु सहभागिता जनाएका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो नग्नता हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: