फोटोका कारण डिभोर्स हल्ला

दुइ साताअघि कान्तिपुर साप्ताहिकमा छापिएको अरुणिमा लम्साल र निखिल उप्रेतीको प्रेमप्रणयपूर्ण तश्वीरका कारण अरुणिमा र श्रीमानबीच घर झगडा भएको र यो झगडा डिभोर्ससम्म पुगेको खबर बजारबाट आफूले सुन्दा नायिका छक्क छिन् ।
पछिल्लो समयमा नायिकाहरु धमाधम श्रीमान् छोडिपाऊँ भन्दै निवेदन हाल्न पुगेको बेला अरुणिमाको घर झगडा पनि सम्बन्धविच्छेदसम्म पुगिसक्यो भनेर खबरले बजार गर्माएको छ ।
हालै मात्र नायिका सञ्चिता लुइटेल र सौजन्या सुब्बाले आफूले गरेको प्रेम-विवाहलाई टुंग्याइपाऊँ भन्दै अदालतमा जाहेरी दिएको खबर साप्ताहिक पत्रिकाले प्रकाशन गरेको थियो ।
यिनै कुराहरुलाई ध्यानमा राख्दै अरुणिमाको खबरले पनि बजार गर्माएको हुनसक्ने अनुमान केही व्यक्तिको छ ।
संयोगवश नायिका लम्सालको पनि डिभोर्स फाइल दर्ता गराएका अन्य दुइ नायिकाझैँ प्रेम विवाह हो ।
तर यता नायिका लम्सालले चाहिँ आफूसम्म यस्तो खबर आइनपुगेको स्पष्टोक्ति इनशाडटकमलाई दिएकी छिन् ।

"यो कुरा त तपाइँमार्फत् सुन्दैछु । मेरो डिभोर्सको कुरा मलाई नै थाहा थिएन", नायिका लम्सालले भनिन्- "बरु जसले सुनायो, त्यो मेरो डिभोर्स किन भएन भनेर चासो राखिरहेका कारण हल्ला फिँजाउँदै हिँडेको हुनसक्छ ।"
त्यसो त यस्ता दृश्यहरु अनेकन् फिल्मको गीत छायाँकनताका दिइसकेका कारण नायिका अरुणिमा र उनको परिवारलाई मतलबको कुरा हुने भएन । तर तश्वीर हेरेर मनोरञ्जन लिने फिल्म नगरीले चाहिँ हुँदै नभएको कुरा उडाएर डिभोर्स गराउन किन उद्दत भएको होला ? |