सरोज खनाल आज अमेरिका जाँदै
Photo by Achyut Koirala

चलचित्र नायक सरोज खनाल आफ्नो छोटो छुट्टि सकिएपछि आज मंगलबार राति अमेरिकाका लागि उड्ने भएका छन् ।
"हो, म भोलि जाँदैछु", इनशाडटकमसँग कुरा गर्दै उनले भने- "र, यहाँबाट गएपछि मैले त्यहाँ नेपाल कहिले फर्किने भनेर लामो योजना बनाउने छु ।"
१० वर्षलामो अमेरिका बासपछि दोस्रो पटक नेपाल आइपुगेका सरोजलाई काठमाडौँमा दुइ ठूला परिवर्तन महसूस भयो । "एउटा चाहिँ यहाँ धेरै भिड बढेछ", सोच्दै जाँदा निधार खुम्च्याउँदै उनले भने- "लोभलाग्दो तरिकाले मध्यम वर्गीय परिवार हलक्क बढेछ । तर अर्को चाहिँ हिजोका दिनमा पहुँच नहुनेहरुको स्थिति अझ बिग्रिको देखेँ । गरीवहरु अझै गरीव भइरहेको मैले देखेँ ।"
अमेरिका आफ्ना सन्तानका लागि मात्र गएको र उनीहरुको भविष्य सुरक्षित भएपछि आफू पुनः नेपाल फर्किने खनालले बताएका छन् । "ठूलो छोरो सुरज त्यहाँको आर्मीमा काम गरिरहेको छ र सानो छोरो सौरभले भर्खरै कलेज सिध्याएको छ", सुरक्षित आर्थिक भविष्य सम्झेर खनालले भने- "चार वर्षछि म नेपाल आउँछु र मिलेसम्म कलाकारितामै काम गर्ने इच्छा छ ।"
कलाकारितासँगै उनको धोकोको विषय चाहिँ समाजसेवा पनि रहेको छ । "जबसम्म ज्यादै गरीव वर्गका लागि हामीले खानालाउन पुग्नेसम्मको काम गर्न सक्तैनौँ, तबसम्म देश जतिसुकै विकास भए पनि त्यसको अर्थ छैन । त्यसैले मैले काम गरें भने आर्थिक उपार्जनमा सहयोग पुर्याउने विषयमा काम गर्ने इच्छा छ", उनले भने ।
त्यसो त नेपाल र नेपालीका बारेमा सोच्दासोच्दै पनि अमेरिकाको प्रशंसा गर्न उनी चुक्तैनन्, भने- "त्यहाँको सबैभन्दा लोभलाग्दो विषय चाहिँ त्यहाँको नियम कानूनको सही पालना हो । त्यो राष्ट्रपतिलाई र एउटा विदेशबाट गएको व्यक्तिलाई बराबर लाग्छ ।" उनले अमेरिकाको कानून-पालना अमेरिकाबाट साँच्चिकै सिक्नुपर्ने बताए ।
उनी अमेरिकाको जत्ति प्रशंसा गर्छन्, उत्तिकै आलोचना पनि गर्छन् । "जीवनभर दुःख गरेर छोराछोरी हर्ुकायो, १८ वर्षपुगेको भोलिपल्ट उनीहरुले घर छोड्नु पर्छ", उनले तम्तम्याइलो अनुहार पार्दै भने- "उनीहरुको मुख हेर्न पनि विकेण्ड कुर्नुपर्ने हुन्छ । यस्तो देख्दा साह्रै चित्त काटिन्छ ।"
अमेरिकामा आफू स्थापित हुनुमा कलाकारिताले कुनै पनि सहयोग नगरेको उनले स्पष्ट बताए । उनले भने- "मैले आफू स्थापित हुन वा ग्रीन कार्ड पाउन कलाकारिताको कुनै पनि प्रमाण उपयोग गरिनँ, बरु पाएका तक्मा, फोटो तथा अन्य चिजले मलाई 'इम्रि्रेशन'मा ठूलो तनाव दिएको थियो ।"
आफू अमेरिका जाँदासम्म ग्रीन कार्ड अप्लाई गर्ने तरिका थाहा नभएको र त्यहीँका एक वकिलले बताएपछि मात्र यसबारे जानकारी भएको उनले बताए ।
आफ्नो अमेरिका बर्साईलाई बनबासको संज्ञा दिएका सरोजले चार वर्षछि आउने वाचा गरे पनि नेपाली मनोरञ्जन उद्योगले उनलाई त्यसबेला कुन रुपमा स्वीकार गर्ने हो, त्यो चाहिँ हर्ेन बाँकी छ ।