Home» City Life »Updates

बैंक खाताको होडबाजी

एक जमाना यस्तो थियो, निजी बैंकमा खाता खोल्नु शानको कुरा थियो । नेपालमा ग्रिनलैज बैंक थियो, त्यहाँ खाता खोलेको मात्र ५० हजार रुपियाँ जम्मा गर्नु पर्दथ्यो । सर्वसाधारण ग्रिनलैज बैंकको भव्यतम् कार्यालय बाहिरैबाट हेरेर सन्तोष लिन्थे र भन्थे- "यहाँ खाता खोल्न पाए !"

त्यसपछि ह्वारह्वारी निजी बैंकहरु खुल्न थाले । समय क्रममा आज यति धेरै बैंक खुलिसकेका छन् कि स-साना वचतकर्ताहरुलाई तान्न उनीहरुले आकर्षक नारा अघि सारिरहेका छन् ।

हुन पनि कम्तीमा १० हजार रुपियाँ नभई खाता खोल्न नपाइने एउटा स्थितिबाट दुइ वर्षअघि एभरेष्ट बैंकले एक हजारमा खाता खोल्न सकिने र भिजा डेबिट कार्ड सित्तैमा पाइने एउटा अभियान शुरु गर्‍यो । भिसा डेबिट कार्डको लोभले धेरै वचतकर्ताहरु त्यसतर्फ तानिए । र, बैंकले आफ्नो त्यो अभियान ज्यादै सफल अभियानका रुपमा त्यसबेला चित्रित गरेको थियो ।

त्यसपछि बंगलादेश बैंकले गृहिणी बचत योजना अघि सार्‍यो । जसमा एक हजार रुपियाँमा खाता खोलिसकेपछि जति रकम पनि वचत गर्न सकिन्थ्यो । बंगलादेश बैंकले पनि आफ्नो यो योजना ज्यादै सफल योजनाका रुपमा पेश गर्‍यो ।

त्यसपछि एक सय रुपियाँ र एक रुपियाँका वचत अभियान पनि बजारमा देखा परे । यी सबै अभियानले वचत खाता खोल्नका लागि ग्राहकहरुलाई मनग्गे चासो जगाएका थिए ।

तर यो के भयो ? देशकै अर्को प्रख्यात बैंकले बजारमा आफ्नो अभियान पेश गरेको छ । अभियानले भन्छ- तपाइँ शून्य पैसामा आफ्नो बैंक खाता खोल्न सक्नु हुन्छ र मात्र दुइ सय रुपियाँमा भिजा डेबिट कार्ड पाउन सक्नु हुन्छ ।

यो एउटा निकै आकर्षक योजना हो, बैंक र ग्राहक दुवैका लागि । थोरबहुत कमाइरहेकाहरुका लागि पनि यी निजी चमकदार बैंकहरुले लोभ्याइरहेका छन् । अब पैसा चिल्ला कार चढ्नेसँग मात्र होइन, खद्दरका लुगा लगाइरहेकाहरुसँग पनि छ भन्ने र तिनलाई पनि पैसावाल गन्ने समय आएको यसबाट प्रष्टिन्छ ।

तर यी सबै अभियान मात्र वचतका लागि भएका छन् । चल्तीका लागि शून्य पैसामा कसैले बैंक खाता खोल्छ ? यो प्रश्नमा पनि सँगै उप्जिएको छ । लौ त बैंकवालाहरु, यो आइडिया सित्तैमा लिनुस् र भरमार ग्राहक बटुल्नुस् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
हल्ला समलिङगी मोबाईल सेलेब्रिटी पेट्रोल awards माओवादी crisis संविधानसभा celebrity अनुभव streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,