त्यसो त त्यहाँको माहौल रोचक बन्यो जब प्रम कोइरालाले नेपालमा विदेशीहरु आइराख्ने कारण बताए । उनले भने- "नेपालको राजनीति जान्न बुझ्न होइन बरु हामीबाट सिक्न उनीहरु यहाँ आइरहन्छन् । किनभने हामीले जस्तो उदाहरण शायदै अरु देशले प्रस्तुत गरेका छन् !"
कार्यक्रममा प्रम कोइरालाले तीन क्यासेट तथा सीडीहरु पनि विमोचन गरेका थिए । जसमध्ये मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य, आनन्द कार्की तथा एउटा लोकदोहोरी सिडीको विमोचन गरेका थिए ।
कार्यक्रम तब रोचक बन्यो जब पत्रकार ऋषि धमलाले सीधै नेपाली कांग्रेसलाई भोट हालेर जिताउन आग्रह गरे ।
कार्यक्रम ३ बजेदेखि शुरु हुने भनिए पनि प्रम कोइराला कार्यक्रम स्थलमा ४५ मिनेट ढिलो आइपुगेका थिए ।
यति गम्भीर विषयको भेटघाट भए तापनि अधिकांश कलाकारहरुलाई यसबारे जानकारी नदिइएको गुनासो गरेका थिए ।