Home» Around the World »Weird and Interesting

अंगुरमा चिप्लिँदा मुद्दा

एक जना एकाउन्टेन्टले बेलायती खुद्रा बिक्रेता मार्क्स एण्ड स्पेन्सर कम्पनीलाई मुद्दा हालेका छन् । उनले उक्त कम्पनीको लापरवाहीका कारण आफू उनीहरुले छरेको अंगुरमा चिप्लिएर लडेको आरोप लगाएका हुन् । उनीले आफू लडेर झन्नै घुँडो खुस्केको र यसबापत उक्त कम्पनीले आफूलाई क्षतिपूर्ति दिइनुपर्ने माग राखेका थिए ।

५५ वर्षीय अलेक्जेन्डर मार्टिन स्क्लानले अंगुर किन्न जाँदा त्यही अंगुरमा चिप्लिएपछि केही समयअघि मुद्दा हालेका थिए । उनले आफ्नो घुँडो झन्नै खुस्किएको भन्दै ३ लाख पाउण्डको क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा हालेका थिए ।

यस घटनापछि आफूलाई मानसिक आघात पुगेको र त्यसपछिका विभिन्न क्रियाकलापलाई यस घटनाले गम्भीर असर पुर्‍याएको उनको दाबी थियो ।

तर उनको यस दाबीलाई अदालतले सामान्य घटना भन्दै यस घटनामा क्षतिपूर्ति दिइनुपर्ने कुनै कारण नभएको अदालतले बताएको छ ।

न्यायाधीशले भनेका छन्- "यस किसिमका घटना त जोकसैलाई पनि हुनसक्छ । अंगुरका कारण घटेको यस घटनामा मलाई व्यक्तिगत रुपमा दुःख लागेको छ तर कम्पनीले यसमा क्षतिपूर्ति दिलाउनुपर्ने त्यस्तो कुनै गम्भीर किसिमको घटना देखिएन ।"

यस मुद्दामा मार्टिन आफैँले भिडेका थिए । उनका कुनै वकिल थिएनन् । बिना काममा मार्क्स एण्ड स्पेन्सरको २० हजार पाउण्ड यस मुद्दामा खर्च गराइदिएबापत यो खर्च उनैलाई तिराउने निर्णय यता न्यायाधीशले गरिदिएका छन् । यता निर्णय सार्वजनिक भएपछि चाहिँ मार्टिनले केही बोल्न नरुचाएको रोयर्टस समाचार संस्थाले समाचारमा जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मुद्दा मामिला माया सुन्दरी सेलेब्रिटी गुगल विज्ञापन बलिउड भव्यता इन्टरनेट नग्नता श्रीमानश्रीमती फट्याइँ मूर्ख्याइँ उपाय उदेकलाग्दो परिस्थिति हलिउड कीर्तिमान उदारता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,