 |
Home» Cinema »Feature |
भ्वाइस ओभरको कमाल !

चार वर्षअघि एउटा विज्ञापनमा आवाज दिन नक्सालको थ्री स्टार रेकर्डिङ स्टुडियोमा छिरेकी पूर्व अभिनेत्री कृति भट्टराई समयक्रममा एउटा युवासँग यसरी आकषिर्त भइन् कि चार वर्षपछि उनी त्यही युवासँग बिहे गर्ने निधोमा पुगेकी छिन् ।
गायनमा आफ्नो भाग्य परीक्षा गर्ने प्रयास गर्दागर्दै विज्ञापनको संसारमा खुट्टा जमाउन पुगेका रवि श्रेष्ठसँग कृतिले बिहे गर्ने निर्णय गरेकी हुन् । गएको साता उनले रविसँग बिहेको औँठी साटेपछि उनको लामो समयको प्रेम प्रसङ्ग विवाहमा परिणत हुने भएको हो ।
रवि श्रेष्ठ राजधानीमा थ्री स्टार रेकर्डिङ स्टुडियोका सञ्चालक हुन्, जसबाट उनी विभिन्न किसिमका टेलिभिजन तथा रेडियोका विज्ञापनहरु निर्माण, निर्देशन तथा उत्पादन गर्ने गरेका छन् ।
राजधानीका विभिन्न एफएम रेडियो स्टेशनका कार्यक्रम सञ्चालकसमेत रहेका रवि श्रेष्ठ 'गेस हु' सांगीतिक समूहका सदस्यसमेत रहेका थिए । गायनमा जम्न नसकेपछि उनी विज्ञापनमा तानिएका थिए । विज्ञापन निर्माणमा अहिले उनी एक सशक्त हस्ताक्षर बनिसकेका छन् ।
यता कृति भट्टराईले विश्वास चलचित्रमा दमदार अभिनयपछि सिनेमा उद्योगमा आफूलाई फिट नहुने ठानी संन्यासको घोषणा गरेकी थिइन् । केही समयअघिसम्म नेपाल वन टेलिभिजनको कसलाई आफ्नो भनुँ टेलिश्रृंखलामा व्यस्त रहेकी भट्टराईले टेलिफिल्मसमेत नखेल्ने बताएकी छिन् । विवाहपछि उनी इमेज एफएम र इमेज च्यानलमा मात्र सीमित हुने पारिवारिक सूत्रले बताएको छ ।
रवि र कृतिको बिहे बैशाखमा हुने भनिए पनि मिति तोकिएको छैन ।
| |
|
|
|
|
|
|
|
|
|
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
| | | |