Home» Around the World »Weird and Interesting

काखमा नाचेबापत् मुद्दा

अब कोही स्ट्रीपबारमा जान्छ र त्यहाँकी रमणीले कुनै ग्राहकको काखैमा बसेर नृत्य गर्छे अनि त्यही नृत्यको भार पनि थाम्न नसकी कोही मान्छेले मुद्दा हाल्छ भने त्यसलाई के भन्ने ? तर विभिन्न कम्पनीहरुलाई सुरक्षाकर्मीहरु उपलब्ध गराउने स्टेफन चाङ जाबो ल्याप डान्सरबाट असुरक्षित भएँ भन्दै हालै मुद्दा हालेका छन् । त्यो पनि काखे नृत्य गर्दै रहँदा उनी गम्भीर विरामी परेको दाबी गरेका छन् ।

"ती नृत्याङ्गनाले मेरो काखमा बसेर नृत्य त गरिन्, त्यसपछि चाहिँ उनले जे गरिन्, त्यसको क्षतिपूर्ति मलाई चाहियो", न्यूयोर्कस्थित अदालतमा हालेको मुद्दामा उनले भनेका छन् । उनले विपक्षीका रुपमा ती महिलालाई भन्दा पनि "हट ल्याप डान्स क्लब"लाई चड्कन च्यूरा हान्ने विचार गरेका छन् ।

तर उनले ढिला गरी मुद्दा हालेकाले यस विषयमा के निर्णय हुने हो भन्ने चाहिँ अझैसम्म अज्ञात छ । उनले दर्ता गराएको घटना नोभेम्बर २ सन् २००७ भनी लेखेका छन् ।

दर्ता गरिएको घटना विवरण अनुसार नृत्याङ्नाले नृत्यको क्रममा फिनिनीनीनी घुम्दा उनको तीखो सुइरोजस्तो जुत्ताको हिलले उनको आँखाछेउमा "गम्भीर चोट" लगाएको थियो ।

यता क्लबका म्यानेजरका रुपमा चिनाउने तर नाम नबताउने व्यक्तिले चाहिँ यस घटनाका बारेमा आफू बिल्कूलै बेखबर रहेको एपी समाचार संस्थालाइ बताएका छन् भने अदालती मुद्दाका विषयमा त झनै अनभिज्ञ रहेको बताएका छन् । यता क्लबका आधिकारिक वकिल स्टेफन एटेशोग्लुले पनि पत्रकारको फोन भनेपछि उठाउन मानेनन् ।

 

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सुन्दरी मुद्दा मामिला हलिउड मूर्ख्याइँ उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: