Home» Around the World »Weird and Interesting

डबल पेमेन्ट, ग्राहक खुश

बेलायतको हल शहरमा रहेको एउटा सुपरमार्केट छेउको एटीएम मेसिनले मानिसले चाहेभन्दा दोब्बर रकम दिन थालेपछि यो एटिएम अहिले हिट बनेको छ ।

मंगलबारदेखि यसबाट जसले जति रकम निकाल्न खोज्यो त्यसको दोब्बर तेब्बर पैसा स्वाट्स्वाटी निकालेर दिएपछि ग्राहकहरु खुश नहुने कुरै भएन । निकै घण्टा यस्तो घटना घटेपछि त्यस एटीएमबाट पैसा निकाल्न मान्छेहरु धुइरिन थालेका थिए ।

रमाइलो त के भयो भने, दिनको ३ सय पाउण्डभन्दा बढी निकाल्न नसकिने भनिएको भए पनि एउटा एटीएम कार्डबाट ह्वारह्वारी ६ सय पाउण्ड निस्किन थाल्यो । अनि मेसिनले दिने बिलमा चाहिँ उही ३ सय पाउण्ड मात्र देखिन्थ्यो ।

यसका कारण साथीसाथीबीच फोन गरागर गर्दै पैसा निकाल्नेको ताँती नै लाग्यो । लाइनमा लागेका कैयौँ ग्राहकहरु यस्तै गल्तीले आफूसँग पनि बढी पैसा आइहाल्ला कि भन्दैमा मेसिनमा भएको पैसा नै रित्तियो ।

यस्तो एटीएम बनाउने कम्पनीको हेरविचार गर्ने प्रशासक पे जोनले यस विषयमा अध्ययन भइरहेको बताएको छ भने उसले यस किसिमको समस्या कहिलेकाहीँ देखापर्ने स्वीकार गरेको छ ।

यता एटीएम सञ्चालकले यदि गुनासो वा लिखित निवेदन दिए पैसा निकाल्नेहरुमाथि आपराधिक मुद्दा चल्न सक्ने प्रहरीले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता परिस्थिति हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल भव्यता उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: