बुढेशकालको रहर

बुढेशकालमा धेरैलाई तीर्थ, ब्रत नत्र भने समाजसेवाको रहर लाग्नुपर्ने हो तर अमेरिकाका एक ७० वर्षीय बूढालाई चाहिँ प्रहरी अधिकारी बन्ने धून सवार भएछ ।
यो रहर कति ज्याद्रो थियो भने उनले प्रहरी अधिकारीको पोशाक मात्र लगाएनन्, उनले वास्तविक अधिकारीले चढ्ने कालो र सेतो रंगको कार किनेर त्यसमा साइरनजडित झिल्के बत्ति पनि थपे ।
चार्ल्स ग्रब्ज नामक यी ७० वर्षो बूढाले अति त तब गरे जब वास्तविक प्रहरी अधिकारीले चढेको कारलाई तीव्र गतिमा गाडी हाँकेको आरोप लगाएर गाडीबाट ओराले । डेविड विसप नाम गरेका ती वास्तविक अधिकारीले पछि सोधखोज गर्दा उनी नक्कली प्रहरी अधिकृत भएको र शोखले यो काम गरेको पत्तो लागेको थियो ।
यता चार्ल्स ग्रब्जले यस घटनामा आफू दोषी नभएको बताएका छन् । तर ग्रब्जले गम्भीर प्रकृतिको मुद्दा खेप्नुपर्ने हुनसक्ने समाचारमा जनाइएको छ ।
"वास्तविक अधिकारी त ४५ माइल प्रति घण्टा हुइँकिनुपर्नेमा ६५ माइल प्रतिघण्टा पो दौडिरहेका थिए । यस्तो अवस्थामा मेरो कर्तव्य उनलाई रोक्नु नै थियो" ग्रब्जले एबीसी टेलिभिजनलाई बताए । |