Home» Around the World »Weird and Interesting

पाइखाना गायब !

रसियाको दूरदराज इलाकामा भेडा चराएर बस्ने किसान बोरिस उर्मातोभ राति सुत्न जाँदा पाइखाना गईवरि सुतेका थिए । तर बिहान उठेर नियमित क्रिया गर्न जाँदा त पाइखाना गायब ! राति त सद्दे नै छाडेर गएको पाइखाना बिहान अकस्मात गायब हुँदा कुन चाहिँ किसानको मन नदुख्ला !

पाइखाना भए ठाउँमा त अर्कै ढसमस्स उभिएको ! शुरुमा त उनले भेउ पाउनै सकेनन्, ट्वाइलेटको ठाउँ ओगट्ने यो के जन्तु हो ? तर पछि थाहा भयो, यो त रुसको स्पेस एजेन्सीको अन्तरीक्ष यान परिक्रमा गर्ने रकेट पो रहेछ !

यसपछि बोरिस उर्मातोभले रुसको स्पेस एजेन्सीलाई १० लाख रुबल (४२ हजार डलर) को दाबी गर्दै अदालतमा मुद्दा हालेका छन् । कजाखस्तान छेउको बैकोनुर लन्च प्याड छेउमा रहेको रसकसमस एजेन्सीको रकेट उनको पाइखानालाई हटाउँदै आफैँ त्यहीँ झरिदिएछ । उनको पाइखानाको त त्यहाँ नाम निशानै बाँकी छैन ।

"राति कुनै विष्फोट भएझैँ भयो र ती किसानको न्रि्रा खल्बलायो । उनी राति आँखा नदेख्ने हुनाले उनकै पाइखानामाथि रकेटको केही टुक्रा खस्यो भन्ने उनले थाहा पाएनन्", उर्मातोभकी दिदी मरिनाले रोयर्टसलाई बताइन् । यो रुसको अल्र्टाई क्षेत्रमा पर्दछ ।

"पछि त उनको पाइखानालाई छोप्ने गरी अण्डाकारको ठूलो धातुको केही चिज रातारात अड्डा जमाइसकेको रहेछ", उनले भनिन्- "मेरो भाइको घरै धन्न उडाएनछ !"

उनको पाइखाना उडेपछि त्यसको क्षतिपूर्तिका लागिमुद्दा हालेको उनले बताइन् ।

उस्त कान क्षेत्रका अर्का छिमेकी एनातोले काजाकोभले चाहिँ बेलाबेलामा रकेटका छिटाहरुको वर्षा प्रायः भइरहने बताए । यो क्षेत्रमा कहिलेकाहीँ रकेट उड्ने बेलामा घरबाहिर निस्कने अनुमति नदिइने गरेको पनि कानले बताए ।

यता रसकसमसले चाहिँ यहाँका बासिन्दालाई रकेट उड्ने र ओर्लने बेलामा स्थानीय जनताहरुलाई नियमित रुपमा सूचना दिने गरेको बताएको छ । ५० वर्षको रकेट उडानको इतिहासमा ४ सय रकेट उडिसकेका छन् । यस क्षेत्रमा कहिलेकाहीँ मात्र तोकिएको क्षेत्रबाहिर केही पार्टपूर्जा खसेको रसकसमसले बताएको छ ।

"प्रविधिगत रुपमा तपाइँलाई खासोखास कुरा गर्ने हो भने जब रकेट उड्छ केही पार्टपूर्जा खस्छन्, केही पार्टपूजा खस्छन् भने रकेट अवश्य उड्छ । त्यसैले यो धेरै चिन्ताको कुरा चाहिँ होइन", रसकसमसका प्रवक्ता अलेक्जेण्डर भोरोबिभले बताए ।

यदि साँच्चिकै क्षति भएको देखिए र अदालतले तिर्ने आदेश दिए आफूहरुले क्षतिपूर्ति दिने गरेको उनले बताए । यता एउटा पत्रिका इज्भेस्तियाले रसकसमसले एक पटक मात्र यस्तो क्षतिपूर्ति दिएको बताएको छ । सन् २००१ मा उसले १० हजार रुबल तिरेको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो मुद्दा मामिला माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता इन्टरनेट बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन श्रीमानश्रीमती फट्याइँ कीर्तिमान हलिउड परिस्थिति उपाय उदारता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,