Home» Around the World »Weird and Interesting

९ वर्षेको शिक्षक हत्या प्रयास

अमेरिकाको जर्जिया राज्यस्थित एउटा स्कूले विद्यार्थीले गएको सोमबार आफ्नो किताप-कापी राख्ने झोलामा अरु नै केही बोकेर स्कूल पुग्यो । पछि स्कूलका शिक्षकहरुले उनको झोलामा विभिन्न किसिमका हतियारहरु फेला पारेका थिए ।

जर्जियाको वे क्रसस्थित सेन्टर इलेमेन्टरी स्कूलमा तीन कक्षामा पढ्ने विद्यार्थीले विभिन्न किसिमका हतियार ल्याएको पाइएको थियो । उसको उद्देश्य उक्त हतियारले आफूलाई ज्यादै सताउने शिक्षिकामाथि प्रहार गर्नु रहेको पछि अनुसन्धानका क्रममा विद्यार्थीले बताएका थिए ।

"उनले हतियार ल्याउनुको मुख्य उद्देश्य आफूलाई ज्यादै सताउने एउटी शिक्षिकाको हातखुट्टा बाँधेर उसको मुखमा टेप टाँसी टाउकोमा ट्वाक ट्वाकी पेपरवेटले हिर्काउनु थियो । त्यसपछि आफूसँग भएको चक्कुले उसलाई घाइते पनि बनाउनु थियो", वे क्रस प्रहरी कार्यालयका लेफि्टनेन्ट डउन कसवेलले बताए ।

यसका लागि एक जना मात्र होइन, नौ जना विद्यार्थी संलग्न रहेको अनुसन्धानका क्रममा पत्ता लागेको छ । यो कामलाई फत्ते गर्न उनीहरुले एक साताभन्दा बढी समय लगाएका थिए ।

नौ वर्ष उमेर समूहका नौ विद्यार्थीमध्ये केही चाहिँ ज्यादै सोझा र अनुशासित विद्यार्थीहरु यस षडयन्त्रमा सामेल भएका थिए । यस षडयन्त्रमा त्यसो त बदमासहरु पनि थिए । जसमध्ये केही त लामो समयसम्म स्कूल परिसरमा छिर्नसमेत नपाइने गरी दण्डित भएका विद्यार्थी पनि सामेल भएको राज्यको दक्षिणपर्ूर्वी जिल्लाको वेयर काउन्टी स्कूलकी प्रवक्ता थेरेसा मार्टिनले बताइन् ।

यस घटनालाई लिएर प्रहरीले केही विद्यार्थीलाई गम्भीर किसिमको अपराधको आरोप लगाई अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको रोयर्टस समाचारले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ मुद्दा मामिला माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता इन्टरनेट बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन श्रीमानश्रीमती कीर्तिमान हलिउड परिस्थिति उपाय उदेकलाग्दो उदारता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,