Home» Around the World »Weird and Interesting

चोरलाई चियाको प्रस्ताव

चेक गणतन्त्रको उत्तरी क्षेत्रस्थित सेस्की तेसिनस्थित एउटा सुपरमार्केटमा ५९ वर्षीया मार्केता वाचोभाको पसलमा गएर स्पाइडरम्यानको मुकुण्डो लगाएको चोरले बन्दूक तेर्‍स्यायो । मार्केटालाई यो व्यक्ति उति खराब जस्तो लागेन । उनलाई ऊ निकै भद्र र राम्रो व्यक्ति महसूस भयो ।

उनले डकैती भइसकेपछि त्यो व्यक्तिलाई सोधिन्- "तिमी हेर्दा असल व्यक्ति जस्तो देखिन्छौ किन यस्तो खराब काम गरिरहेका छौ ? बरु आऊ म तिमीलाई चिया ख्वाउँछु । चोरेको पैसा लगे पनि हुन्छ ।"

चोरले उनको प्रस्ताव स्वीकार गर्‍यो । चिया पिइसकेपछि चोर केही तनावबाट मुक्त भएजस्तो देखियो । पसलमा मार्केताबाहेक अरु कोही नभएका कारण चोरलाई चोर्न सजिलो भएको थियो तर चिया खाइसकेपछि उसले आफूले चोर्न यहीँ आइपुगेकोमा क्षमा माग्दै टाप कस्यो ।

उनले उसको परिवारको स्थिति सोधिन्, कहिलेकाहीँ पैसाको आवश्यकता पर्‍यो भने हिच्किचाहट नराखी आउनू भनिन् र केही केक पनि उसलाई दिएर पठाइन् । ऊ पछि आफूलाई केही समस्या परेका खण्डमा त्यसलाई साटासाट गर्न आउँछु भन्दै पसलबाट निस्केको मार्केताले बताइन् ।

यो व्यक्ति दश वर्षसम्म जेलमा सजाय काटिसकेको र प्रहरीले पछिल्लो अपराधका लागि पुनः खोजी गरिरहेको अपराधी भएको बताएको छ । यता मार्केताले अब आइन्दा उसले अपराध नगर्ने आफ्नो विश्वास भएको बताएकी छिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता फट्याइँ हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड विज्ञापन प्रविधि कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी नग्नता उदेकलाग्दो श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: