Home» Around the World »Weird and Interesting

चुनाव जित्न नाङ्गै

उनलाई चुनाव प्रचारमा निस्कँदा मुसुक्क हाँसिरहेको तश्वीरको पोष्टर टाँस्ने इच्छा भएन । यस्तो अवस्थामा अश्लील चलचित्रकी नायिका मिली अब्रासियोले के गर्लिन त ? पक्कै पनि उनले आफ्नो पेशालाई इमान्दारिताका साथ यस चुनावमा घुसाउँछिन् नै !

त्यसैले अहिले इटालीमा भइरहेको संसदीय चुनावमा उनको पोष्टरमा उनी होइन, उनको योनी छापिएको छ ।

उनले यसो चाहिँ उनका पुरुष प्रशंसकहरुलाई रिझाउन गरेको गरेको बताइएको छ । इटालीमा यौन प्रशाधनको ठूलो व्यापार हुने गरेको छ । खासगरी इर्टनल शहर त यौनका लागि संसारभर प्रख्यात छ ।

आफूले जितेको खण्डमा प्रख्यात भ्याटिकशन शहरदेखि केही किमि पर "प्रेम शहर" बसाल्ने योजना अघि सारेकी छिन् । जहाँ रेडलाइट क्षेत्र, स्ट्रीप क्लब, इरोटिक डिस्को तथा सेक्स पसलहरु बसाइने छ । उनका किस अफ द कोब्रा र पाओलिना बोर्गिज, इम्पेरियल निम्फोमानियाक जस्ता अश्लील चलचित्र निकै प्रख्यात भएका थिए ।

त्यसो त उमेरमा ४० नाघिसकेकी यी नायिका मात्र यौन उद्योगबाट सांसद हुने सपना साँच्ने पहिलो व्यक्ति होइनन् । यसअघि इटालीकै संसदमा पुग्ने अश्लील चलचित्रकी नायिका इओना स्टाकर, जसलाई सिसिओलिना भनेर पनि चिनिन्छ, ८० को दशकमा संसदमा पुगेकी थिइन् ।

कुनै अश्लील नायिका निर्वाचनमा उठ्नु मात्र पथ्र्यो, उनी छनोट हुने प्रबल सम्भावना थियो त्यो बेला तर अहिले समय पूरै परिवर्तन भएकाले नयाँ र सिर्जनात्मक काम नगरी मतदातालाई आकषिर्त गर्न नसकिने उनको विश्वास छ । त्यसैले उनले पोष्टरमा आफू मुस्काइरहेको तश्वीरभन्दा पनि योनीको तश्वीर राख्नु श्रेयस्कर ठानेको बताएकी छिन् ।

जन्मैदेखि राजनीति गरिरहेकाहरुले राजनीतिलाई प्रदूषित गरिसकेकाले नयाँ सोचका साथ आउने व्यक्तिलाई जनताले बरु रुचाउने उनले रोयर्टससँगको अन्तरवार्तामा बताइन् । उनले समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दिएकी छिन् ।

यता हालका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले यस पटकको चुनावमा सुन्दर महिलाहरुको सहभागिता बढी हुने घोषणामा उनको भनाइ थियो- "यो उनको वाहियात कुरा हो । किनभने उनले मजस्ती सुन्दर महिलालाई उनको पार्टीबाट उठ्न कुनै अनुरोध गरेनन् ।"

त्यसो त संसदमा गएपछि कानून बनाउने हो, न त उनले कानून पढेकी छिन् न त उनलाई यस सम्बन्धी केही नै थाहा छ । तर उनले एउटा अश्लील चलचित्रमा अभिनय चाहिँ गरेकी छिन्, जसमा उनी वकिल बनेकी छिन् । फिल्मको नाम थियो- एल ओनरेबल ।

इटालीमा हिजो चुनाव सम्पन्न भयो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सुन्दरी सेक्स हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल उदारता भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: