Home» Around the World »Weird and Interesting

सित्तैमा पारपाचुके जित्नुस् !

अष्ट्रेलियाली एउटा पुरुष म्यागेजिनले एउटा प्रतिस्पर्धाको आयोजना गर्दै जित्नेलाई श्रीमतीसँग पारपाचुके गरिदिने पुरस्कारको घोषणा गरेको छ ।

जु साप्ताहिक पत्रिकाले सो घोषणा गरेको हो । यस प्रतिष्पर्धाले विवाहितहरुलाई पनि 'कुमार केटो' हुने अवसर प्रदान गर्ने पत्रिकाले बताएको छ ।

यस पत्रिकाले विजेता प्रतिष्पर्धीमध्ये एकलाई पाँच हजार पाउण्ड बराबरको पारपाचुके प्याकेज उपलब्ध गराउने छ । जसमध्ये वकिलको शुल्क, अदालती खर्च, त्यसपछिको खुशियालीमा दिइने "डिभोर्स पार्टी", त्यो पनि चहकिला मोहक केटीहरुसँग !

यस पार्टीमा तीन तहको डिभोर्स केक हुनेछ, जुन सबै सहभागीलाई खुवाइने छ ।

विजेताले पार्टीमात्र होइन श्रीमतीसँग पारपाचुके भइसकेपछि घरको सफाईका लागि दुइ महिनासम्म सित्तैमा सफाई कर्मचारी खटाइदिने भएको छ । त्यसपछि प्लाज्मा टिभी, प्लेस्टेशन थ्री र एक वर्षसम्म पत्रिकाको ग्राहक पनि सित्तैमा बनाइने भएको छ ।

जु पत्रिकाका सम्पादक पल मेरिल भन्छन्- "यो कम्पिटिशन हाम्रा पाठकका लागि आफ्नो स्वतन्त्रता हासिल गर्ने ज्यादै सुनौलो मौकाका रुपमा आएको छ ।"

"यदि वैवाहिक जीवन असफल हुन्छ भने त्यो ज्यादै दुःखको कुरा हो, तर हामी हाम्रा पाठकलाई त्यो अवसर दिँदैछौँ, जसले जीवनलाई नयाँ तरिकाले जिउने वातावरण मिल्छ । हामी तिनलाई हरेक पाइलामा सहयोग गर्न चाहन्छौँ, एउटा प्लाज्मा टीभी किन्ने कामदेखि पार्टी दिने कामसम्म र नयाँ केटी साथी भेट्टाइदिनेसम्म !" सम्पादकले बताए ।

त्यसो त यो पत्रिकाले पहिलो पटक यस्तो योजना अघि सारेको भने होइन । यसअघि पनि यसका पाठकहरुकी केटी साथीको छातिको आकार बढाउने अफर दिएको थियो । त्यसका लागि सबैभन्दा सानो छातिको आकार भएकी एक महिलाले प्रतियोगिता जितेकी एनानोभा समाचार एजेन्सीले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
श्रीमानश्रीमती विज्ञापन मुद्दा मामिला हलिउड मूर्ख्याइँ उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: