कृत्रिम अंग झुण्ड्याउन प्रतिबन्ध

अमेरिकी राज्य फ्लोरिडामा सांसदहरुले एउटा सार्वजनिक चासो र महत्वको विषयमा छलफल गरेका छन् र त्यो विषय रहेको छ- विभिन्न किसिमका सवारीसाधनहरुमा झुण्ड्याइने गोरुहरुको नक्कली यौनाङ्गमाथि प्रतिबन्ध ।
हुन पनि पछिल्लो समय अमेरिकाको फ्लोरिडा राज्यभर गोरुको नक्कली यौनाङ्ग आफ्ना सवारीमा झुण्ड्याउने चलन ह्वात्त बढेको थियो । "त्यो निकै नै आपत्तिजनक र अश्लील छ", रिपब्लिकनका तर्फाट सांसद रहेका केरी बेकर भन्छन्- "त्यसैले यसमाथि तुरुन्त प्रतिबन्ध लगाउनु पर्छ । घरिघरि त यस्तो लाग्छ, हामी लिङ्ग र यौनका पुजारी हौँ ।"
यदि यो प्रतिबन्ध लागू भएको खण्डमा प्रत्येक मोटरवालाहरुले यस्ता यौनाङ्ग झुण्ड्याइएको पाइए ६० डलरसम्म जरिवानामा पर्नेछन् ।
हुन त यस्तो प्रदर्शनकारीहरुका पक्षमा केही व्यक्ति र सांसदहरु नरहेका पनि होइनन् । जस्तो कि रिपब्लिकनका सिनेटर जिम किङ त केसम्म भन्दै थिए भने- "जबसम्म यस्ता लिङ्गका बारेमा उनकै श्रीमतीलाई लाज लाग्ने छैन, तब हामीलाई लाज लागेर के गर्नु ? जहाँसम्म घरमै यस्ता कुराको स्वीकृति छ भने हामीले बाहिरबाट कराएर केही हुने वाला छैन ।"
यता यस्ता लिङ्गको प्रदर्शनी हुनु हुन्न भनेर यो बिललाई संसदसम्म पुर्याउने यसका प्रायोजकलाई पनि यो बिल पास होला भन्ने उति विश्वास छैन ।
|