Home» Around the World »Weird and Interesting

सन्तान बेच्न इन्टरनेटमा बोलकबोल

इन्टरनेटमा बोलकबोल गरी डाक बढाबढ गर्ने साइट इबेमा सात महिनाको एउटा बच्चालाई उसलाई जन्म दिने बाउआमाले डाक बढाबढमा चढाएका छन् । आफ्नो बच्चालाई एक यूरोबाट डाक बढाबढ गर्न सकिनेसमेत उनीहरुले बताएका छन् ।

यो विज्ञापन इबेमा प्रकाशित भएपछि जर्मनीको दक्षिणपश्चिमी एल्गाउ क्षेत्रको क्रुम्बाकस्थित बेभरियन प्रहरीले विज्ञापन राख्ने बाउआमाको खोजी गरिरहेको छ ।

पछि एक अज्ञात ठाउँबाट एक पत्रिकालाई दिएको अन्तरवार्तामा उनले आफ्नो नाम र ठेगाना नछाप्ने शर्तमा २३ वर्षीया आमाले चाहिँ यो विज्ञापन आफ्नो सन्तानलाई साँच्चिकै बिक्रीका लागि राख्ने नभई मजाकका लागि राखिएको बताएकी छिन् ।

उनले भनिन्- "यो वेबसाइट त यति जोक भनिरहन्छ, जे पनि बेचिरहेको हुन्छ । त्यसैले मैले पनि जोक बनाउन यस्तो ठट्टा गरेकी हुँ ।"

सन्तानको २४ वर्षीय बाबु कतै बच्चालाई स्मग्लिङ गर्ने कुनै गिरोह अर्न्तर्गत काम गरिरहेका व्यक्ति त होइनन् भनी प्रहरीले अनुसन्धान शुरु गरेको हो ।

"भर्खरै जन्मिएको मेरो सन्तानलाई मैले बिक्रीका लागि राखेको छु । यो पुरुष हो र करिब ७० सेमी अग्लो छ । तपाइँले यसलाई कोक्रोमा राख्न सक्नु हुन्छ या बेबी क्यारियरमा लिएर हिँड्न सक्नु हुन्छ", विज्ञापनले भनेको छ ।

मंगलबार प्रकाशित यो विज्ञापन प्रकाशन भएको अढाइ घण्टासम्म पनि कसैले उसमाथि बोली नलगाएको प्रहरीले बताएको छ । पछि इबेका अधिकारीहरुले यो विज्ञापनलाई हटाएका थिए । तर यो विज्ञापन देख्ने र हेर्ने केही जागरुक व्यक्तिहरुले प्रहरीलाई यस विज्ञापनका बारेमा बताएका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
इन्टरनेट श्रीमानश्रीमती प्रविधि हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: