Home» Around the World »Weird and Interesting

आँखाबाट दूध निकाल्ने मान्छे

दूधालु गाइ वा भैँसीले आफ्नो थुनबाट दूध निकाल्नु त सामान्य नै भयो, तर चीनका एक व्यक्तिले आँखाबाट दूध निकाल्न थालेपछि चाहिँ गज्जपै भयो । झाङ यीमिङ अहिले दैनिक हजारौँ व्यक्तिहरुलाई आफ्नो आँखाबाट दूध निकालेर देखाउन व्यस्त छन् ।

झाङले आफ्नो आँखाबाट निस्किने दूधलाई दुइ मिटर परसम्म हुत्याउन सक्छन् र देख्नेहरु चकित नपरिरहन सक्तैनन् । तर यिनको अर्को रोचक पक्ष के छ भने यिनको आँखाले चाहिँ दूध दिएको होइन, न त यिनको आँखा भैँसीमा रुपान्तर नै भएको हो ।

बरु यिनले नाकले पिएको दूध चाहिँ आँखाबाट निकालेका हुन् । चीनको साङदोङ प्रान्तका निवासी यिनले आफ्नो यो कलालाई आफ्नो नानजिङ नगरबासीहरुलाई देखाएको चीनको पिपुल्स डेलीले जनाएको छ ।

यिनको कलाको के कुरा गर्नु ? यिनले त आफ्नो कानले बेलुन पनि फुकेर उडाइदिन सक्छन् । उनलाई हेरेर चकित पर्नेहरु भन्छन्- "यदि आफ्नै आँखाले नदेख्ने हो भने हामीले यी कुरा पक्कै विश्वास गर्ने थिएनौँ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read