Home» Around the World »Weird and Interesting

लिनिङ टावर ३०० वर्ष सुरक्षित



पिसाको लिनिङ टावर संसारकै आश्र्चर्यमध्ये एउटा गनिन्छ । इटालीको सबैभन्दा धेरै पर्यटक तान्ने यो टावरको केही मर्मत पछि अब अझै तीन सय वर्षसम्म केही नहुने यसको रेखदेखमा रहेका इञ्जिनियरहरुले बताएको एपी समाचारमा जनाइएको छ ।

यो टावर चार मिटर जति झुकेको छ । त्यसैले संसारभरका पर्यटकहरु यही झुकेको टावर हेर्नका लागि भए पनि एक पटक त्यहाँ पुग्ने गर्छन् । यस्तो किसिमको आश्र्चर्य अन्त कतै पाइँदैन ।

यो टावरभित्र जान सन् १९९० देखि बन्द गरिएको थियो । यसलाई मर्मत गर्ने हेतुले यसभित्र पर्यटकलाई छिर्न बन्देज लगाइएको थियो । तर एक दशक लामो मर्मतसम्भारपछि हालै यसलाई खुला गर्न मिल्ने यसको मर्मतमा लागिपरेका इञ्जिनियरहरुले बताएका छन् ।

११७४ देखि १३७० को बीचमा विभिन्न व्यक्तिहरुले यस टावरलाई बनाएका थिए । तर यो टावर अडिएको ठाउँमा रहेको भासयुक्त जमिनका कारण निर्माण क्रममा नै केही बाङ्गिन थालेको थियो । त्यतिबेलाका अनेक उपाय अपनाउँदा पनि यो टावर झुक्न छाडेको थिएन । पछिल्लो समय यो टावर झनै झुक्न थालेको थियो, जसका कारण टावर ढल्ने पो हो कि भन्ने आशंका गर्न थालिएको थियो । तर अहिले यो टावरलाई सन् १७०० ताकाकै जत्तिको बलियो बनाउन इञ्जिनियरहरु सफल भएको दाबी गरिएको छ ।

इञ्जिनियरहरुले यो झुकेको टावरलाई मर्मतसम्भार गर्दा स्पष्ट रुपमा यसलाई सीधा नबनाउन सरकारी अधिकारीहरुको आदेश थियो । ताकि यसप्रतिको पर्यटकहरुको मोह रहिरहोस् । उसबेला ग्यालिलियो ग्यालिलीले पृथ्वीले सूर्यलाई घुम्छ भन्ने कुराको प्रमाण दिन यही टावरबाट प्रयोग गरेर देखाइदिएका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,