Home» Around the World »Weird and Interesting

चार वर्षे सिगारको लतमा

चार वर्षका एक बालकलाई ताइवानको एउटा लागू औषधबाट उम्काउने क्लिनिकमा पुर्‍याइएको छ । उसलाई सिगारको नराम्रो लत लागेका कारण उसलाई रिह्याबमा पुर्‍याइएको एनानोभा समाचारमा जनाइएको छ । ती बालकले आफ्ना पिताको सिगार चोरीचोरी खाने गरेकाले यो लत लागेको समाचारमा उल्लेख गरिएको छ ।

गाओजोङ शहरका ती पिताले आफ्ना नौ वर्षका र चार वर्षका दुइ सन्तानलाई नियमित रुपमा रिह्याब पुर्‍याउन थालेका हुन् ।

"तपाइँले सुन्नु भएको कुरा ठीकै हो । यो पत्याउन मुस्किल पर्छ तर म दुःखी हृदयले तपाइँलाई भन्न बाध्य छु कि मेरा सन्तान चुरोटका अम्मली बने जसका कारण मैले यिनीहरुलाई लागू औषध पुनर्स्थापना केन्द्रमा ल्याइरहनु परेको छ", घटनाका कारण दुःख पिताले चाइना टाइम्सलाई बताए ।

यता ती बच्चाहरुले पनि आफूहरुले नियमित रुपमा बुवाको खल्तीबाट चुरोट र सिगार निकाल्ने गरेको स्वीकार गरे । उनीहरुले भने- "शायद बाउ यहि औषधि खाएर ह्याण्डसम भएका होलान् भनी हामीले भविष्यमा ह्याण्डसम बन्नका लागि यो औषधि चोरेर खाने गरेका हौँ ।"

चार वर्षो बालकले स्कूले ठिटाहरुलाई पनि उनीहरुको बाउको खल्तीबाट चूरोट चोर्न उक्साएको बताए । "मैले बाउको खल्तीबाट त्यो निकाल्न सकिनँ भने खसखस भइरहने हुनाले मैले साथीहरुलाई उनीहरुको बाउको खल्तीबाट खुसुक्क चुरोट र सिगार निकाल्न सल्लाह दिएको थिएँ", चार वर्षे बालकले बताएका छन् ।

आफ्ना सन्तानहरुको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने निकोटिनको लत छुटाउन उनले नियमित रुपमा लागू औषध पुनर्स्थापना केन्द्र पुर्‍याउने गरेका छन् । तर केन्द्रले उनी नियमित रुपमा बालबच्चालाई लिएर आउन नसकेको भन्दै आलोचना गर्न भ्याइसकेको छ ।

बालकहरुको उपचारमा संलग्न डा. जु गुञ्जेइले भने- "लत लागेका छोराका बाउ दुइ पटक मात्र आएका छन् । उनले आफ्ना सन्तानमा रहेको त्यो कुलत निकालेर संसारलाई एउटा राम्रो उदाहरण दिन जरुरी छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,