Home» City Life »Updates

लोला हान्ने ? सोच्नुस् है !



कुरा हिजोको मात्र हो । मिस नेपाल २००७ की सहभागी ममता प्रधान हिजो दिउँसो तालीम कार्यक्रममा भाग लिन पुतलीसडकबाट कार्यक्रमस्थलतिर जाँदै थिइन् । होली लाग्नुअघि लोलाको बोलवाला भएको बेला राम्री केटीलाई हानुँहानुँ लागेर होला केही केटाहरुले ममतालाई लोलाले हानिदिए । चिटिक्क परेर हिँडेकी ममतालाई त्यसै त मीस नेपाल कार्यक्रमको तनावले तताएको त्यसमाथि पनि लोलाले हिर्काउँदा उनको कन्सिरी तात्यो । त्यसपछि जे भयो, त्यो चाहिँ लोलावालाहरुले सोच्नैपर्ने किसिमको घटना थियो ।

ममताले लोला हान्ने युवालाई बेस्कन गाली गरिन् । उनको गाली सुनेर वरपरका केही व्यक्ति जम्मा भए । ती व्यक्तिलाई उनले आफू कुनै महत्वपूर्ण कार्यक्रममा जान लागेको तर लोलाका कारण आफूले त्यो कार्यक्रम छुट्न सक्ने बताइन् । सौन्दर्य प्रतियोगितामा भाग लिन जाँदा राम्रो बनेरै जानुपर्ने बाध्यताका कारण उनीहरुको लोलाले आफ्नो 'प्रदर्शन' खराब हुनसक्ने कुरा बताइन् । त्यसपछि त के थियो र ! भएभरका व्यक्तिहरुले उनमाथि गरिएको अन्यायको विरोध मात्र गरेनन् उनीसँग माफी पनि माग्नुपर्ने स्थिति भयो ।

लोला हान्नेहरुले नजिकैको 'टेलर'मा गएर ममताको कपडामा आइरन लगाएर सुकाइदिए र त्यसपछि आफूले गरेको कामप्रति माफी पनि मागे । कतै तपाइँले पनि काममा हिँडिरहेको व्यक्तिहरुलाई लोला हान्ने योजना बनाई त रहनु भएको छैन । यदि छ भने यो घटनाबाट पनि पाठ सिक्ने हो कि !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
festival streets संविधानसभा crisis अनुभव awards पेट्रोल सेलेब्रिटी hi-life हल्ला माओवादी मोबाईल events समलिङगी celebrity
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: