दुइ लाखमा जेल किन्नुस्

यदि तपाइँलाई इँटा र ढुंगाले बनेको पुरानो घरमा रुचि छ भने तपाइँका लागि हाजीर छ, एउटा यस्तो ऐतिहासिक घर जुन तपाइँले दुइ लाख डलरमै पाउन सक्नु हुनेछ ।
अमेरिकाको स्कोवेगनस्थित द सोमरसेट काउन्टी जेललाई बिक्रीका लागि खुला गरिएको एपी समाचारमा जनाइएको छ । र, यसको मूल्य दुइ लाख डलर मात्र रहेको छ ।
"यो निकै रोचक घर रहेको छ, एउटा कुराले मात्र होइन कि यसका विविध पक्षका कारण", जेलका कमिस्नर फिलिप रोय यसका विशेषता केलाउँदै बताउँछन् ।
हुन पनि १४ हजार वर्ग फिटमा रहेको यो घर सन् १८९७ मा बनाइएको थियो । म्याडिसनमा २ सय शैयाको अर्को जेल निर्माण गरिएपछि यस जेलको औचित्य समाप्त भएकाले बिक्रीका लागि खुला गरिएको जेल प्रशासनले जनाएको छ ।
शहरको बीचमा अवस्थित रहेका कारण यसमा धेरै निर्माण व्यवसायीहरुको आँखा तानिएको छ ।
तर यस ऐतिहासिक घरमा या त रेष्टुराँ, या त बस स्टप वा आर्ट ग्यालरी, गिफ्ट शप आदि बनाउन राम्रो हुने सुझाव दिइएको छ । |