Home» Around the World »Weird and Interesting

मृत मेयर पुनः निर्वाचित



खासमा चुनावमा कोही उठेको छ र उसको मृत्यु भयो भने उसको ठाउँमा अर्को कोही व्यक्तिलाई उठाएर पनि चुनाव सम्पन्न गर्नुपर्ने हो । तर यूरोपेली राष्ट्र रोमानियाको एउटा सानो शहरका बासिन्दाले चाहिँ गएको आइतबार सम्पन्न नगर चुनावमा जिउँदो व्यक्तिलाई जिताउनुभन्दा मृत व्यक्तिलाई मेयर बनाउनु उचित ठाने ।

५७ वर्षीय नेकुलाई इभासु गएको दुइ दशकदेखि त्यहाँको मेयरका रुपमा काम गर्दै आइरहेका थिए । तर कलेजोको कुनै विमारी भएका ती मेयरको मृत्यु भएको खबर आइपुग्दा पनि उनलाई भोट खसाल्न छाडेनन् । र, उनी अन्तयमा २३ मतको अन्तरले विजयी पनि भए ।

अन्तिम अवस्थामा उनको मृत्युको खबर आएपछि कतै नेकुलाईका प्रतिद्वन्द्वि  घर्गे डोब्रेस्कुले जिती पो हाल्छन् कि भनेर मतदानलाई जारी राखिएको थियो । ताकि नगर चुनाव पुनः गर्नु नपरोस् । तर त्यहाँका बासिन्दाले जिउँदा व्यक्तिभन्दा मृत मेयरलाई नै विश्वास गरे । "मैले सुनेँ, हाम्रा प्यारा मेयर रहेनन्, तर पनि मैले उनैलाई भोट दिएँ", इभास्कुलाई मतदान गरेर फर्किएका एक व्यक्तिले रोमानियाली टीभीलाई बताए- "मतदान गर्ने अधिकार मेरो हो र म जोसुकैलाई मत दिऊँ !"

पुनः निर्वाचन गर्नुभन्दा सर्वसहमतिमा दोस्रो सबैभन्दा बढी मत ल्याउने घर्गेलाई मेयर घोषित गरिएको छ । तर केही शहरियाहरुले चाहिँ मृत मेयरको विजयमा पार्टीसमेत दिएका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
माया हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड विज्ञापन प्रविधि कीर्तिमान सुन्दरी सेलेब्रिटी जनावर फट्याइँ नग्नता उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: