Home» Around the World »Weird and Interesting

समाचार छाप, पैसा लैजाऊ

आउँदो अगस्त महिनामा चीनको राजधानी बेइजिङमा आयोजन हुन लागेको ओलम्पिक खेलका विषयमा सकारात्मक समाचार छाप्ने जुनसुकै मिडियालाई रकम दिइने अघोषित निर्णय भएको छ । यो रकम मिडिया सेन्टर बसेको होटल द गेहुआ न्यू सेन्चुरी होटलले दिने निर्णय गरेको हो ।

"मिडिया कल्चरल थिममा बनेको चीनको पहिलो पाँच तारे होटल" ले पत्रकारहरुलाई एक हजार युआन (७४ बेलायती पाउण्ड) भन्दा माथि दिइने जनाइएको छ ।

त्यसो त चीनमा कुनै पनि पत्रकार सम्मेलनमा भेला भइदिएबापत पत्रकारहरुलाई "यात्रा खर्च" का रुपमा ट्याक्सी भाडा २ सयदेखि ३ सय युआन दिने सामान्य चलन छ । त्यसो त ट्याक्सी भाडा शहरी क्षेत्रमा ५० युआन मात्र हुने गरेको छ ।

चूपचाप दिइने यस किसिमको रकम कोइला खानीमा रिपोर्टिङ गर्ने पत्रकार, स्थानीय सरकारी काम कारवाहीका बारेमा लेखिने समाचार वा प्रायः दुर्घटनाका समाचारलाई ढाकछोप गर्नका लागि प्रदान गरिँदै आएको छ ।

रमाइलो कुरा के छ भने हालै चीनको ओलम्पिक खेल आयोजक समितिले आयोजन गरेको पत्रकार सम्मेलनमा बाँढिएको सानो पर्चामा होटल गेहुआका बारेमा नाम मात्र उल्लेख गरिदिएको खण्डमा पत्रकारहरुलाई १ सय युआन प्रदान गरिने उल्लेख गरिएको थियो ।

यस समाचारको सत्यताका लागि होटलको जनसम्पर्क शाखामा फोन गर्दा यो कुरालाई पुष्टि गरेका थिए । उनीहरुले एक सयदेखि ५०० शब्दसम्म लेखिएको समाचारमा होटलको सकारात्मक कुरा उल्लेख गरिए ५ सय युआनसम्म दाबी गर्न सकिने उनले जानकारी गराएका छन् । र, यदि समाचारको शब्द ५०० भन्दा बढी र १ हजारसम्म रहेको खण्डमा एक हजार युआनसम्म दाबी गर्न सकिने छ ।

"हामी हाम्रो इज्जतलाई ओलम्पिकसँगै ह्वात्त बढाउन चाहन्छौँ, हाम्रो ब्राण्डलाई चम्किलो बनाउने योजस्तो अर्को मौका पाइने छैन", पीआर म्यानेजर जाओ जिओदाले रोयर्टसलाई टेलिफोनमा भने ।

"त्यसो त पत्रकारहरुले समाचार लेखेबापत पैसा लिनु हुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यताको विरुद्ध यो काम भइरहेको छ तर यो त विज्ञापनको एउटा पक्ष हो । हामीले गरेको निजी निर्णय हो, यसमा होटल व्यवस्थापनको कुनै चासो वा निर्णय भएको छैन", उनले बताए ।

यसअघि हुआबाइ होटलका नामले परिचित ३५३ वटा कोठा भएको यो होटललाई अहिले पूरै परिवर्तन गरिएको छ । यस होटलमा ओलम्पिकको बेला संसारभरका १० हजार मिडियालाई खाने, बस्ने सेवा उपलब्ध गराइने छ । ओलम्पिक अगस्तको ८ तारिखदेखि २४ तारिखसम्म हुनेछ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उपाय विज्ञापन हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट बलिउड प्रविधि कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: