Home» Around the World »Weird and Interesting

गीतले बचायो ज्यान

तीन वर्षीया एक बालिकाले रटेको "नाइन एलेभेन ग्रीन" गीतका कारण उनकी आमाको ज्यान जोगिएको छ । उनले आफ्नी आमा बेहोस भएपछि ९११ नम्बर मोबाइलबाट थिचेकी थिइन् ।

अमेरिकामा ९११ आपतकालीन नम्बरका रुपमा परिचित छ । जुनसुकै अप्ठेरो स्थिति आइपर्दा यो नम्बर थिच्दा सुरक्षाकर्मीहरु उद्धारका लागि तुरुन्त उपलब्ध हुने गर्दछन् ।

अमेरिकी नागरिक जेसिका इभासले आफ्नी छोरी मेडलिनलाई गीत सिकाएकी थिइन् । आफू बेहोस भए वा विरामी भएर अशक्त भएको खण्डमा उनले मोबाइलको हरियो स्वीच थिचेर गीत गाउने र त्यो गीतमा आफ्नी आमा बेहोस भएकाले बचाउन अनुरोध गर्ने किसिमको गीत थियो ।

जेसिका गएको बुधबार पुनः बेहोस भइन् । उनलाई भासोभोगल सिंकोप भएको थियो । त्यसपछि उनकी तीन वर्षीया छोरी मेडलिनले हरियो स्वीच थिचेर "नाइन इलेभेन ग्रीन..." गीत सुनाइन् । त्यस गीतमा आफ्नी आमा विरामी भएको र आफू आमालाई उठाउन नसक्ने कुरा बताइन् ।

त्यो फोन प्रहरीको ९११ मा त पुगेन तर उनकी आमा जेसिकाले यसअघि थिचेको आफन्तको फोनमा लाग्न पुग्यो । ती आफन्तले अवस्थाको गम्भीरता बुझेर प्रहरीलाई खबर गरिदिए । र, प्रहरीहरुले जेसिकालाई अस्पताल भर्ना गरे ।

त्यसो त जेसिकाले यसरी आफूलाई पहिले नै यस्तो अवस्था सिर्जना हुन्छ भनेर थाहा थियो । किनभने यसअघि उनी यसरी नै बेहोस भएकी थिइन् ।

त्यतिबेला त उनले ९११ मै फोन गरेर घरको अवस्था, आमाको अवस्था, घरमा काम सघाउने व्यक्तिहरु को कहाँ छन् आदि सबै सूचना दिएकी थिइन् ।

एक वर्षअघि नै आफ्नी छोरीलाई जेसिकाले यो गीत सिकाएकी थिइन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति उपाय माया सुन्दरी सेलेब्रिटी गुगल इन्टरनेट भव्यता बलिउड मूर्ख्याइँ फट्याइँ श्रीमानश्रीमती नग्नता विज्ञापन कीर्तिमान उदेकलाग्दो मुद्दा मामिला हलिउड उदारता यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,