Home» Around the World »Weird and Interesting

कागजी बाघले खायो

चीनमा सबैभन्दा लुप्त अवस्थामा रहेको र खतराको सूचिमा परेको बाघलाई फेला पारेको झूटो खबरलाई फैलाउने केही सरकारी अधिकारी र तिनसँग संलग्न फोटोग्राफरलाई चीन सरकारले जागीरबाट बर्खास्त गरेको छ ।

गएको अक्टोबर महिनामा उत्तरी प्रान्त शाङ्सीको झेनपिङ काउन्टीले खतराको सूचिमा परेको एउटा भागलाई जंगलमा फेला पारिएको र उत्तरी भेगमा दक्षिणी भेगको बाघ फेला परेको भन्दै सरकारबाट पुरस्कार हात पारेका थिए ।

एक स्थानीय गाउँलेसँग भएका ती तश्वीरहरु किनेर पुरस्कार हात पारेको समाचारमा जनाइएको छ ।

यो घटनाको नौ महिनापछि सरकारी अधिकारीहरुले उक्त तश्वीर झूटो भएको पत्ता लगाएका थिए । शाङ्सी प्रान्तीय सरकारले हालै गरेको पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइएको हो ।

यस मामिलामा संलग्न १३ जना अधिकारीहरुको जागीर खोसुवामा परेको सिन्हुवा समाचार एजेन्सीले जनाएको छ ।

पहिलो पटक सरकारी अधिकारीलाई तश्वीर देखाउने स्थानीय किसान झोउ झेनलोङलाई पनि अधिकारीहरुले यस अपराधका लागि थुनामा राखेको छ । झोउले पनि अर्कै व्यक्तिबाट उक्त तश्वीरहरु भेला पारेको समाचारमा जनाइएको छ ।

पछिल्ला समयमा संकटमा परेका जंगली जनावरहरुका विषयमा यस्तै किसिमका स्क्याण्डलहरु राम्रैसँग मच्चिरहेका कारण सरकारी अधिकारीप्रति र्सवसाधारणको उदासिनता बढ्दो छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ जनावर माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता इन्टरनेट नग्नता बलिउड मूर्ख्याइँ विज्ञापन मुद्दा मामिला श्रीमानश्रीमती कीर्तिमान परिस्थिति हलिउड उपाय उदेकलाग्दो उदारता
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television,