Home» Around the World »Weird and Interesting

जी ८ का नेता बाँसमा इच्छापत्र राख्दै

जी ९ का नेता भन्ने बित्तिकै संसारका त्यस्ता शक्तिशाली देशका नेतालाई चिनिन्छ, जसको इशारामा संसारको अर्थतन्त्र अडिएको छ । जुलाई ७ मा उत्तरी जापानको होक्काइदो शहरमा ग्रुप ८ सम्मेलन हुँदैछ, त्यतिबेला यी शक्तिशाली व्यक्तिहरुले उनीहरुको इच्छापत्र होक्काइदोमा रहेका बाँसमा बाँध्नेछन् ।

जापानीहरुको एक विश्वास अनुसार यहाँको बाँसमा जस्तो किसिमको इच्छापत्र बाँधिन्छ, त्यो अवश्य पूरा हुनेछ । त्यसैले संसारभर पछिल्लो समयमा टाउको दुखाईको विषय बनेको पेट्रोलियम पदार्थ र खाद्यान्नको भाउ वृद्धिसँगै उनी ती समस्या समाधानका लागि उनीहरुले आफ्नो इच्छापत्र बाँसमा बाँध्ने भएका हुन् ।

होक्काइदामा वर्षा ऋतुसँगै लाग्ने तानाबाता मेला र त्यस मेलामा हुने छुट्टीमा जापानभरका जनताहरु यहाँ आएर यस्तो आफ्नो इच्छा व्यक्त गर्ने गर्छन् । उनीहरुका अनुसार जुलाई ७ मा वर्षो एक पटक दुइ वटा ताराहरुको एकआपसमा मिलन हुनेछ । यस्तो मिलनको अवसरमा इच्छाइएका कुराहरु पूरा हुनेछन् ।

यहाँ जुलाई ७ देखि ९ सम्म जी ८ सम्मेलन हुने भएको छ । यहाँ रहेका ७० हजारभन्दा बढी पसल, विभिन्न कार्यालय र पर्यटकीय आकर्षण केन्द्रहरुले तानाबाता महोत्सवलाई मनाउनुका साथै सोमबार साँझ "लाइट अफ" कार्यक्रम पनि भव्यतापूर्वक मनाउँदै छन् । आयोजकहरुका अनुसार, यसले ठूला राष्ट्रहरुलाई "शक्ति संचय"का लागि दवाव दिन भूमिका खेल्नेछ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ नग्नता उदारता मुद्दा मामिला मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,