Home» Around the World »Weird and Interesting

ट्रक पल्टाउनेलाई माहुरीको सजाय

दिमाग खराब भएका लाखौँ माहुरीलाई तपाइँ कसरी तह लगाउनु हुन्छ ? शायद यसबारे निकै समय घोरिन बाध्य हुनुहुन्छ ! तिनलाई कसरी शान्त पार्ने भन्ने बारे निकैबेर सोच्नु पनि हुँदो हो ।

३३० क्रेटमा कोचाकोच गरेर बसेका १ करोड २० लाख माहुरी बोकेको एउटा ट्रक पूर्वी क्यानडाको सेन्ट लियोनार्ड नामक सानो शहर नजिकको ठूलो हाइ वेमा पल्टिँदा सोमबार ती माहुरीहरु बौलाए । उनीहरु शान्तिपूर्वक निर्धारित स्थानतिर जाँदै थिए । तर ठाउँमा पुग्नुअघि नै उनीहरुको शान्त यात्रा अशान्त बन्न पुगेको थियो ।

तब ती माहुरी गाडीभित्रै गुम्सिन बाध्य भए तर भित्रका गाडी चालकलाई तिनले त्यत्तिकै छाड्न उचित ठानेनन् । मरणाशन्न हुन पुगेका गाडी चालक कसोकसो ट्रक बाहिर निस्कन सफल भएर प्रहरीलाई खबर गरे ।

यता प्रहरी पनि दंग परे किनभने उनीहरु मात्तिएका मान्छेलाई तह लगाउन जान्दथे तर बौलाएका माहुरीलाई कसरी तह लगाउने, उनीहरुलाई थाहा थिएन । प्रहरीले पुनः माहुरी विशेषज्ञ बोलाएर बौलाएका माहुरीलाई तह लगाउनु पर्‍यो ।

रोयल क्यानेडियन माउन्टेड पुलिसका स्थानीय प्रवक्ता देरेक स्ट्रङले भने- "१ करोड २० लाख मात्तिएका माहुरीलाई पल्टिएको ट्रकबाट ल्याएर पुनः अर्को ट्रकमा खाँध्नु कम गाह्रो कुरा थिएन ।" तर यस्ता बौलाएका माहुरीलाई तह लगाउने माहुरी किसानहरुले तिनलाई शान्त गराए ।

ती किसानहरुले धुँवा लगाएर बौलाएर यता र उता गरिरहेका माहुरीलाई पहिले शान्त गराए । त्यसपछि तिनलाई अर्कै गाडीमा हालिएको थियो । माहुरी बौलाए पनि स्थानीय गाउँलेलाई यसले खासै क्षति नपुर्‍याएको समाचारमा जनाइएको छ ।

गाडी चालकलाई अस्पताल पुर्‍याइएको रोयर्टस समाचारमा जनाइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read