Home» Around the World »Weird and Interesting

महंगो भयो भोट बेच्ने सोच

आफूले गर्न पाउने मतदानको अधिकार अमेरिकाका एक युवाले बेच्न पाउनुपर्ने भन्दै एउटा वेबसाइटमा सूचना टाँस गरेकोविरुद्ध स्थानीय सरकारले उनलाई केरकार शुरु गरेको छ ।

तर उनले इबे वेबसाइटमा ठट्टाका लागि मात्र उक्त सूचना राखेको बताएका छन् । तर सरकारी अधिकारीहरुले उक्त ठट्टा कुनै हास्न लायक नरहेको र त्यसका लागि ती युवाले जेल सजाय भोग्नुपर्ने बताइरहेका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ मिनेसोटाका १९ वर्षीय विद्यार्थी म्याक्स पि. सेर्न्र्डसलाई केही साताअघि हेनपिन काउन्टी जिल्ला अदालतले उनले त्यसो गर्न नहुने जिकिर गरेको छ । अदालतको भनाइमा यो कुनै पनि व्यक्तिले पाएको निजी अधिकार हो र त्यसलाई उसले न त लिलामी गर्न पाउँछ न त अधिकार प्रत्यारोपण गर्न सक्छ ।

त्यहाँ सन् १८९३ मा बनेको स्थानीय कानून अनुसार मताधिकार बेच्नु अपराध मानिन्छ । यो सूचना इबे वेबसाइटमा टाँस भएपछि तत्काल स्थानीय अधिकारीहरुले खोजखबर गरेका थिए । यता ती विद्यार्थीले अनुसन्धानकर्ताहरुलाई उक्त सूचनामा आफूले साँच्चिकै बेच्ने कुरा गरेको नभई साथीहरुसँग ठट्टा गरेको बताएका थिए । पछि आफूले उक्त सूचना मेटिदिएको बताएका छन् ।

यता अदालतीय अधिकारीहरुले यसलाई निकै गम्भीरतापूर्वक लिएको बताएका छन् । "हामीलाई के लाग्छ भने आफूले पाएको मताधिकार बेच्नु साँच्चिकै गम्भीर अपराध हो", अदालतका प्रवक्ता जोन एकेनले भने- "आफ्नो निजी मत अधिकारका लागि त्यो समयमा हाम्रा पूर्खाले ज्यानको बाजी थापेर लडेका थिए । त्यसैले यसलाई ठट्टाका रुपमा लिइनु हुन्न ।"

सन् १९२० ताकायता अरुको भोट किन्ने, साट्ने प्रचलनका कारण यो कानून कडाइका साथ लागू गर्न थालिएको हो ।

यस विषयमा अझै अदालतीय बहस भइरहे पनि कानून अनुसार पाँच वर्षको जेल सजाय वा १० हजार डलर जरिवाना तिराइने सम्भावना बढेर गएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मुद्दा मामिला माया सेलेब्रिटी सुन्दरी गुगल इन्टरनेट भव्यता बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन उपाय फट्याइँ हलिउड कीर्तिमान श्रीमानश्रीमती परिस्थिति उदेकलाग्दो उदारता सेक्स
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,