Home» Around the World »Weird and Interesting

१० हजार लामखुट्टे बेच्ने व्यक्ति


चीनका एक व्यक्तिले १० हजार वटा लामखुट्टे दुइ दिनमै बेच्ने अर्डर पाएपछि मख्ख परेका छन् । उनले यो व्यापार अनलाइनबाट शुरु गरेका हुन् ।

सांघाई शहरका निन नानले मृत लामखुट्टे अनलाइनमार्फत् बेच्ने आइडिया उनलाई आफ्नै पहिलेको अनुभवले दिलाएको थियो । उनले अनलाइनबाट नै गरगहनाहरु बेच्दै आइरहेका थिए । उनले त्यही अनलाइनमा लामखुट्टेका फोटाहरु पनि राखेर थपिदिए- "यहाँ मृत लामखुट्टे पनि पाइन्छ ।"

"त्यसो त यो आइडियाका लागि मैले कम्ता सास्ती पाइनँ", उनले क्विनलङ न्यूजलाई भने- "मैले आफूलाई घण्टौँ एउटा कोठाभित्र बन्द राखेँ र सोचेँ कि कसरी मृत लामखुट्टेहरु बेच्ने विज्ञापन गरुँ !" त्यसपछि उनले जे सोचे, त्यो बबाल सोचे । उनले आफूले चलाइरहेकै गरगहनासम्बन्धी वेबसाइटमा लामखुट्टे पाइने विज्ञापन गरे, जुन विज्ञापनले उनलाई प्रशस्त काम दियो ।

उनले हरेक लामखुट्टेलाई ६ युआनमा बिक्री गर्ने विज्ञापन राखेका थिए । उनको विज्ञापनमा भनिएको थियो- "विशुद्ध मान्छेका हातले मारिएका र कुनै विषादी नखुवाई मारिएका मच्छडहरु लिनुहोस्, सुपथ मूल्यमा । यसलाई विज्ञान अध्ययनमा, सजावटका लागि र आफ्नै निजी संकलनका लागि उपयोगमा ल्याउन सकिन्छ ।"

उनले चलाएको वेबसाइट पहिलेभन्दा हजारौँ गुणा बढी हिट बढेको छ अहिले । उनले कल्पनै नगरेको २ लाख ५० हजार पटक उनको वेबसाइट एकै दिनमा क्लिक गरिएको छ भने १० हजारभन्दा बढी मृत लामखुट्टेका लागि उनलाई अर्डर आइसकेको छ । उनको यो विज्ञापनलाई अन्य व्यक्तिले रुचाएपछि अन्य छलफल गर्ने वेबसाइटहरु (फोरम)हरुमा टाँस गरिएको छ ।

उनले यति के गरेका थिए, केही विज्ञापनदाताले उनको निजी वेबसाइटमा विज्ञापन राख्नु पर्‍यो भनेर अनुरोध गर्न थालेका छन् भने दुइ वटा प्रतिष्ठित कम्पनीहरुले उनलाई जागीरको अफर गरेका छन् । तीमध्ये अष्ट्रेलियाको रेड वाइन कम्पनी एउटा हो भने अर्को चाहिँ सांघाई कम्युनिकेशन कम्पनी रहेको छ ।

उनी जागीर खाने मनस्थितिमा चाहिँ छैनन् । उनी आफ्नै व्यापारलाई अझ उचाईमा लैजाने विचारमा रहेका उनी भन्छन्- "मेरो उद्देश्य थियो, म र मेरो कामलाई सर्वसाधारणले पनि चिनून्, जुन यो कामले पूरा गरेको छ । मैले बाहिर काम गर्नु कुनै आवश्यकता छैन ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
इन्टरनेट उपाय विज्ञापन हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल उदारता भव्यता परिस्थिति प्रविधि बलिउड कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: