Home» Around the World »Weird and Interesting

मलामी गएकोमा कीर्तिमान !

क्रोएसियाका एक व्यक्तिले आफूले निकै व्यक्तिको मृत्यु संस्कारमा भाग लिएका कारण आफूलाई कीर्तिमानी भनिनु पर्ने दाबी गरेका छन् ।

उनले २ हजारभन्दा बढी व्यक्तिको दाह संस्कारमा भाग लिएको बताएका छन् । क्रोएसियाको पिटरानेस शहरका ६९ वर्षीय मिजो कालेकले बच्चादेखि आफूलाई यस्ता कार्यक्रममा सहभागी हुन ज्यादै मन पर्ने हुनाले सयौँ माइल हिँडेर पनि यस्ता कार्यक्रममा भाग लिएको दाबी गरेका छन् ।

उनले भने- "मलाई मान्छेको दाह संस्कारमा भाग लिन ज्यादै रमाइलो लाग्छ । जब मान्छेलाई गाढिन्छ र उसका लागि शान्ति प्रार्थना गरिन्छ, त्यो दृश्य मेरा लागि ज्यादै सन्तोष लाग्ने दृश्य हो । त्यसैले म यस्ता मौका गुमाउन चाहन्नँ ।"

त्यसैले पनि उनले अहिलेसम्म २ हजारभन्दा बढी दाह संस्कारमा भाग लिइकसेको दाबी गरेका हुन् । "अब मलाई यति मात्र आवश्यकता छ कि कसैले मेरो यो सामाजिक कामको मज्जाले सम्मान गरिदिओस् र गिनिजले पनि पत्याओस्", उनले बताए ।

गएको वर्ष मात्र उनकी श्रीमतीको मृत्यु हुँदा उनी पुगेका अधिकांश दाह संस्कार गरिएका व्यक्तिका परिवारहरु आइपुगेका थिए । एनानोभा समाचारका अनुसार, त्यसपछि उनलाई विश्वास भयो- उनले धेरै जना मलामी कमाइसकेका रहेछन् । त्यो भीड देखेपछि चाहिँ उनलाई कीर्तिमानी बन्ने रहर जागेको हो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह गायिका रुचि तातोपीरो उपलब्धि कन्सर्ट सङ्गीतकार गायक नेपाली तारा गीतकार पेज थ्री भिडन्त हल्ला विचार विवाद बजारमा
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,