Home» Around the World »Weird and Interesting

कण्डम विज्ञापनले कोरिया-जापानलाई ततायो

जापानको सबैभन्दा लोकप्रिय कण्डमको विज्ञापन कोरियाली क्षेत्रमा टाँगिएपछि कोरियालाई पसिना आएको छ । मतलब उसको क्षेत्रमा विदेशी कण्डमको विज्ञापन टाँगिएपछि कोरियाली जनताबाट विरोध आउने आशंकाले जापानस्थित कोरियाली दूतावासले यस विज्ञापनलाई त्यहाँबाट हटाउन जापान सरकारलाई अनुरोध गरेको छ ।

एउटा सानो टापु रहेको यस स्थानलाई डोक्दो भनी कोरियालीहरु भन्दछन् भने जापानीहरु यसलाई ताकेसिमा पुकार्दछन् ।

"कतिपय किसानहरुले सार्वजनिक स्थलमा कण्डमको विज्ञापन खुला रुपमा गरेको रुचाउँदैनन् । र, खासगरी डोक्दो क्षेत्रमा जापानी कुनै पनि उत्पादन आएको जनताले मन पराउँदैनन् । यदि कसैले जबरजस्ती त्यहाँ जापानी उत्पादनको विज्ञापन गर्‍यो भने स्थानीय व्यक्तिहरुमा जापानविरोधी भावना अझ मौलाउने पक्का छ", प्रवक्ताले सियोल मेट्रो पत्रिकालाई बताए ।

यो स्थानमा जापानले सन् १९१० देखि १९४५ सम्म औपनिवेश स्थापना गरेको थियो । यो क्षेत्रमा अहिले कोरियाली पकड रहेको छ तर पनि कहिलेकाहीँ जापानी उत्पादनहरुको विज्ञापनलाई मज्जैले गर्ने गरिएको छ ।

कण्डमको कारण कोरिया रातो न पिरो भए पनि यता जापानी दूतावास ठण्डा छ । यो औद्योगिक मामिला भएको र यसमा जापानी सरकारको कुनै पनि हात नरहेको उसले स्पष्ट पारेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
विज्ञापन हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल उदारता भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: