Home» Around the World »Weird and Interesting

चासो र घृणा उत्तिकै

अहिले बजारमा आएको बच्चाको आकृति भएको खेलौनाबारे गम्भीर ध्यानाकर्षा भएको छ । यी खेलौनाको मुटु ढुकढुक गर्छ, यिनीहरु कहीँबाट लडे भने रुन्छन् र इन्टरनेटभरि यिनको किनबेच भइरहेको छ । तर यी जीवित चाहिँ होइनन् ।

साँच्चिकै बच्चाजस्ता र जत्रा यी खेलौनाहरुलाई "रिबर्न बेबिज्" नाम दिइएको छ । यी खेलौनाहरु अहिले बूढापाका र आफ्ना सन्तान गुमाएका आमा-बुवाहरुबीच निकै लोकप्रिय हुन थालेको छ । यी खेलौनाहरु साँच्चिकै बच्चा आकारका त छँदैछन्, साथमा यिनको वजन पनि उत्तिकै रहने गरेको छ ।

अहिले यो खेलौना किन्नेहरु साँच्चिकै बच्चा ठान्ने गरेपछि चाहिँ यो खेलौनाका विरोधमा केही स्वर निस्किन थालेका छन् । तर यी खेलौनालाई अष्ट्रेलिया, बेलायत र अमेरिकामा निकै रुचाइएको छ ।

कतिसम्म भने एक आमा भन्छिन्- "मेरी छोरी उनीसँग खेल्ने वा उनले खेलाउने किसिमको अर्को भाइ वा बहिनी चाहन्छिन् । तर मेरो अवस्था यस्तो छ कि मैले अब सन्तान जन्माउन उपयुक्त छैन । यस्तो अवस्थामा मैले उसलाई यो खेलौनाबाहेक अरु के नै दिन सक्थेँ र !"

तर ती छोरीले नयाँ सदस्यलाई यसरी स्वागत गरिन् कि उनकी आमाले अर्को सन्तान जन्माउनुपर्ने आवश्यकता नै देखिनन् ।

यस किसिमको कथा थाहा पाएपछि यो खेलौनाका विक्रेताले यसलाई काख लिने -अपनाउने वा एडप्ट) बच्चाका रुपमा पनि प्रचार गर्न थालेको छ । यसको मोल विभिन्न किसिमका सुविधा हेरि २५० पाउण्डदेखि १६ सय पाउण्डसम्म पर्ने गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उपाय सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television,