Home» Around the World »Weird and Interesting

पेट्रोलियमको उच्च दरका कारण बौलाएका अमेरिकी

पछिल्लो समयमा अमेरिकामा समेत बढेको पेट्रोलियम पदार्थको भाउका कारण त्यहाँका बासिन्दा बौलाउन मात्र बाँकी छन् । एपी समाचारका अनुसार त्यहाँ हिजोआज मोटरमा हालिने ग्याँस यदि सित्तैमा पाउने भए आफ्ना सन्तानको नामसमेत बेच्न अघि बढ्ने कुरा त सामान्य भइहाल्यो डे केयर सेन्टरबाट बच्चा अपहरण गर्नेदेखि लिएर रगत बेच्न पनि पछि पर्दैनन् ।

अमेरिकाको फ्लोरिडा राज्यस्थित ओर्ल्याण्डोका डेभिड पार्टिनले सित्तैमा ग्याँस पाउने भएपछि आफ्नो भर्खरै जन्मिएका सन्तानको नाम बेचिदिएका छन् । उनले एक स्थानीय रेडियोको कार्यक्रममा एक सय डलरको ग्याँस कार्ड सित्तैमा पाउने भएपछि अब उनका छोरा डिक्सन विलोबी पार्टिन हुनेछ ।

"उनकी श्रीमतीले पनि नाम परिवर्तन गर्दा समस्या नहुने र भविष्यमा छोराको नाम किन यस्तो भन्ने कुरा उसैको समस्या हुने बताएपछि हामीलाई सजिलो भयो", एफएमका कार्यक्रम निर्देशक ग्रेग स्टेभेन्सले रोयर्टसलाई बताए । डब्लुएचटीक्यू एफएमले यो कार्यक्रम शुरु गरेको थियो ।

यता नेवाडाको बिट्टीस्थित स्याडी लेडी रञ्च नामक वेश्यालयमा आउने ग्राहकहरुमध्ये जसले ३ सय डलरभन्दा बढी खर्च गर्छ, उसलाई ५० डलर बराबरको ग्याँस सित्तैमा पाउने भौचर प्रदान गरिने भएको छ । "ओ हो ! यो कुरा हामीले के गरेका थियौँ, ग्राहकहरु थामिनसक्नुको भीडमा आएका छन्", वेश्यालयका मालिकमध्ये एक जेम्स डेभिसले बताए । घोषणाको पहिलो सातामा नै एक हजार डलरको ग्याँस कार्ड सकिइसकेको उनले जानकारी दिए ।

उता टेक्ससस्थित मेस्काइटमा चोरहरुले स्थानीय हाइयर ग्राउण्ड चर्चको डे-केयर सेन्टरबाट १ सय डलर मूल्य बराबरको ग्यासोलिन चोरी गरेका छन् भने त्यस वरपरका अन्य पाँच चर्चका ग्याँसहरु पनि सद्दे रहेका छैनन् ।

चर्चका पाष्टर भन्छन्- "यी चोरहरुले जुन तन्मयका साथ ग्याँस चोरी गरिरहेका छन्, यो वास्तवमै सोच्नुपर्ने कुरा भएको छ ।"

यता अमेरिकी रेड क्रसले यसैबेला रगत दान गर्न इच्छुकहरुलाई ५० डलर बराबरको ग्याँसोलिनको कार्ड दिने भएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,