 |
Home» Around the World »Weird and Interesting |
सद्दामको कार बिक्रीमा
इराकी पूर्व राष्ट्रपति स्वर्गीय सद्दाम हुसेनले चढ्ने गरेको रोल्स रोयस कार अहिले बिक्रीमा राखिएको छ । त्यो पनि इन्टरनेटको वेबसाइट इबेमा ।
यस मरुन कोर्निक स्पोर्टस् कारको रकम शुरुमै १ लाख ८५ हजार पाउण्ड तोकिएको छ । र, जसले यो कार किन्ने छ, उसले यस कारका पूर्व मालिक सद्दाम हुसेनको हस्ताक्षरयुक्त ब्लु बुक पाउने छ ।
बेलायतको सरेस्थित कारको डिलरशिप चलाइरहेका स्टेभन ब्राउनले इराकबाट उक्त कार हिँडिसकेको र यो कार एक महिनाभित्र जसले बढी दाम हाल्यो, उसको हुने बताएका छन् ।
यो कार विलासी कारमध्ये एउटा पर्छ ।
बगदादमा यो कार भेट्टिएपछि एक अमेरिकी सैनिकले यो कारबाट नयाँ स्टिरियो साउण्डयुक्त प्लेयर झिकेका थिए । सद्दामले चलाउने गरेका धेरै चिज फेला परे पनि उक्त चिज यहाँ नयाँ राखिने उनले बताएका छन् ।
यो कार किन्नका लागि अहिले नै निकै भीड लागिसकेको छ । एक अमेरिकी कर्णेलले त सद्दाम नाम रहेको नम्बरप्लेटसहितको कारको दाबी गरिरहेका छन् ।
"यो कारलाई इराकी सरकारबाट मेरा एक साथीले किनेका थिए", स्टेभनले भने- "हुन त सद्दामका अन्य कार पनि फेला नपरेका होइनन् तर हामी रोल्स रोयसजस्ता कार मात्र किनबेच गर्ने हुनाले अरुतिर ध्यान गएन ।" | |
|
|
|
|
|
|
|
|
|
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
| | | |