Home» Around the World »Weird and Interesting

मनपर्ने पहिरन इन्टरनेटमा सिलाउँदा

बेलायतस्थित लन्सेस्टरशायरकी एक महिलाले आफ्नो स्वप्न पहिरन इबे वेबसाइटबाट किनेकी छिन्, त्यो पनि मात्र साढे दुइ पाउण्डमा ।

२३ वर्षीया एम्मा दुनले आफ्नो बिहेको त्यो खास पहिरन इन्टरनेटमा चहार्दै गर्दा फेला पारेकी थिइन् । उनले त्यो पहिरनको मोल त्यसबेला १५ सय पाउण्ड पाएकी थिइन् । तर उनले त्यो पहिरनमा कुनै पनि किसिमको डाक बढाबढ देखिनन् । त्यसपछि उनले दुइ दिन कुरिन् । दुइ दिनसम्म पनि कोही फेला नपरेपछि डाक बढाबढको अन्तिम मितिको १० मिनेट बाँकी रहँदा उनले उक्त पहिरनको मोल अढाइ पाउण्ड तोकिन् ।

त्यसपछि उनी अधैर्य भएर कुर्न थालिन् । केही मिनेटपछि उनलाई चीनबाट उनको ड्रेसमाथिको दाबीलाई सकार्दै इमेल आयो ।

दुइ सन्तानकी आमा एम्माले भनिन्- "अरु कुनै किसिमको हक दाबी वा डाक बढाबढ नदेखिएपछि मैले अढाइ पाउण्डमा उक्त ड्रेस दाबी गरेकी थिएँ । पछि साङ्घाईबाट इमेलमार्फत् मैले उक्त ड्रेस जितेको जानकारी पाएँ ।" उनीहरुले उनको पहिरन बनाउन सबै किसिमको मेजरमेन्ट इमेलमार्फत् नै लिएका छन् ।

डेली टेलिग्राफ पत्रिकाका अनुसार उक्त पहिरन उनको बेलायतस्थित मेल्टन मोबरीस्थित घरमा पार्सल बनेर ६ सातापछि आइपुगेको थियो । "यो पहिरन यति मजाले सजाइएको र पट्याइएको थियो कि मैले यसलाई नलगाई सकिनँ र जब लगाएँ मलाई यो ज्यादै टिमिक्क मिलेको पाएँ", फुर्किएकी एम्माले पत्रिकालाई भनिन्- "तर यो पार्सल चीनबाट यहाँसम्म आएबापत् साढे १६ पाउण्ड तिर्नुपर्ने थियो । तर यति राम्रो पहिरनलाई मैले त्यति तिर्न आनाकानी गरिनँ ।"

एउटा स्थानीय होटलमा भान्सा सहयोगीका रुपमा काम गरिरहेकी एम्माले सोही पहिरन लगाएर सोही होटलमा काम गर्ने ३१ वर्षीय पल वर्थिङटनसँग गएको १९ जुलाईमा एक सय जना आफ्ना नातेदार र साथीहरुका बीच बिहे गरिन् । अब यो बताइरहनु पर्दैन कि बिहेमा त्यही पहिरन लगाएकी थिइन् ।

उनले भनिन्- "बबाल बिहे गर्नका लागि बबाल पैसा खर्च गर्नुपर्ने कुरा होइन रहेछ भनेर मैले आफ्नै घटनाबाट सिकेँ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
इन्टरनेट माया सेलेब्रिटी सुन्दरी गुगल भव्यता बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन मुद्दा मामिला उपाय फट्याइँ हलिउड कीर्तिमान श्रीमानश्रीमती परिस्थिति उदेकलाग्दो उदारता सेक्स
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,