Home» Around the World »Weird and Interesting

कीर्तिमानी चिनियाँ

चिनियाँहरुलाई कीर्तिमान बनाउने रोग नै लागेजस्तो लाग्छ, यदि यो समाचार तपाइँले पढ्नु भयो भने । तपाइँ यदि यो समाचारको नियमित पाठक हो भने विगत केही समययता चिनियाँहरुले बनाइरहेको कीर्तिमान पनि याद गरिरहनु भएको हुँदो हो ।

त यस पटक दुइ चिनियाँ व्यक्तिले सबैभन्दा उच्च ठाउँमा साइकल कुदाएर कीर्तिमानी भएका छन् । तर उच्च ठाउँ माने हिमाली भेग चाहिँ होइन । यिनीहरुले सबैभन्दा अग्लो ठाउँमा डोरी टाँगेर साइकल कुदाएका कारण यो कीर्तिमान बन्न पुगेको हो ।

भुइँदेखि ८५० फिट माथि एउटा झिनो डोरी टाँगेर एडिली र उनका साथी या गेबुले यो कीर्तिमान बनाएका हुन् । यहाँबाट उनीहरु झरेका भए उनको हाडछालाको अत्तोपत्तो हुने थिएन । तर उनीहरुले डोरीमा वारपार गरेर सबैभन्दा अग्लो ठाउँमा साइकल चढ्ने व्यक्तिको कीर्तिमान बनाइ छाडेका छन् ।

यी दुवैले दुइ विपरीत दिशाबाट साइकल हाँकेर आएका थिए । उक्त डोरीको मध्यमा आएर उनीहरुले आफ्नो साइकल यात्रा समाप्त भएको घोषणा गरेका थिए । उनीहरुको यस्तो खतरनाक खेल हेर्न जान्सु प्रान्तको मुहे उपत्यकाका कैयौँ जनता भेला भएका थिए । उनीहरुले प्रयोग गरेको डोरीको लम्बाई १.१ किलोमिटर भएको उनीहरुले बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो उपाय
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,