Home» Around the World »Weird and Interesting

नग्नताप्रेमीबाट टेन्सन

जर्मनीका घुमन्तेका कारण छिमेकी देश पोल्याण्डका राजनीतिज्ञहरुलाई टेन्सन भयो भन्दा तपाइँ कत्तिको पत्याउनु हुँदो हो । मलाई पनि त्यस्तै लाग्छ, जाबो पर्यटकबाट त्यस्तो टेन्सन लिनुपर्ने त कुनै कारण छैन । तर पोल्याण्डमा चाहिँ जर्मनहरु बाल्टिक समुद्री क्षेत्रमा उभिएर आफ्नो देशतिर उभिएर नग्नता देखाएको आरोप लगाइरहेका छन् ।

पोल्याण्डका राजनीतिकर्मीहरुले जर्मनीमा घुम्न आउने घुमन्तेले पोल्याण्डतिर अनुहार फर्काएर आफ्नो नग्नता देखाएका कारण आफूहरुलाई टेन्सन भएको बताउन थालेपछि जर्मनहरु चकित परेका छन् । कतिसम्म भने त्यो नग्नता छोपियोस् भनेर उनीहरुले केही पर लामो लामो बार पनि बाँधेका छन् । यत्तिले पनि नपुगेर अझ विज्ञप्ति निकाल्ने समेत काम भएपछि त बौलाउन मात्र बाँकी छन्, त्यहाँ पुग्ने पर्यटकहरु ।

रमाइलो त के भने पोलिसहरुले यति विधि आफ्ना कुराहरुलाई ध्यानमा राख्न थालेपछि पर्यटकहरुले उनीहरुलाई आफ्ना गतिविधि दूरबिन प्रयोग गरेर नहेर्नसमेत चेतावनी दिन थालेका छन् । "हामीले समुद्री किनारमा गरिरहेको गतिविधि उनीहरुले परबाट लुकीलुकी हेर्नु हाम्रो स्वतन्त्रताको खिल्ली उडाउनु हो", एक पर्यटकले एनानोभालाई बताए ।

यता पोल्याण्डका स्वीनोसी क्षेत्रका काउन्सिलर एडवार्ड जाजाकले भने- "हाम्रो क्षेत्र नजिक सप्पै नाङ्गै भएर बसिदिनु साह्रै दुःखलाग्दो कुरा हो । तिनले आफूले ल्याएका लुगा राम्रोसँग लगाएर बसिदिए मात्र पुग्ने थियो ।"

उनको यो भनाइ के आएको थियो, जर्मनका नग्नताप्रेमी पर्यटकहरुले घोषणा नै गरिदिए- अब आइन्दा हामी यस सामुद्रिक किनारलाई नाङ्गाहरुको किनार भनेर घोषणा गर्दछौँ र जो यहाँ आउँछ, उसले लुगा फुकाल्नै पर्छ । अब हामी सप्पै जना नाङ्गा भएर बस्या बेलाँ, पोलिसहरु चाहिँ पूरै लुगा लगाएर आऊन् न त !"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
नग्नता माया बलिउड सेलेब्रिटी सुन्दरी गुगल भव्यता मूर्ख्याइँ विज्ञापन मुद्दा मामिला इन्टरनेट उपाय परिस्थिति फट्याइँ कीर्तिमान हलिउड उदेकलाग्दो श्रीमानश्रीमती प्रविधि सेक्स
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल