Home» Around the World »Weird and Interesting

नग्न प्रदर्शनी हेर्न हजारौँ

न्यूजिल्याण्डमा उत्तेजक प्रदर्शनी अर्थात् इरोटिक इक्जिविशनलाई प्रचार प्रसार गर्न ३० जना महिलाहरु मोटरसाइकल र कारमा देखा परे ।

वाषिर्क रुपमा हुने गरेको "बुब्स अन बाइक्स्" प्रदर्शनीलाई हल्ला गराउन यो र्‍यालीको आयोजन गरिएको थियो । यसअघि नेपालमा मिस नेपाल आयोजन गर्न रोकिएझैँ केही महिलाहरु यसका विरुद्ध मज्जैले उत्रिएका थिए । तर त्यहाँको उच्च न्यायालयले उमेर पुगेका नारीले स्वेच्छाले प्रदर्शनीमा भाग लिन पाउने र आयोजकले पनि कार्यक्रम बिना कुनै रोकावट गर्न सक्ने निर्णय गरेको थियो ।

बुधबार उक्त र्‍याली हेर्न १० औँ हजार व्यक्तिहरु भेला भएका थिए । न्यूजिल्याण्डको राजधानी अकल्याण्डमा इरोटिका लाइफस्टाइल एक्स्पो आयोजन हुनुअघि यसरी नै प्रदर्शनी गर्ने गरिन्छ । मूलतः पुरुषहरुलाई ध्यानमा राखेर यस्ता आयोजन गर्ने गरिएको छ ।

त्यसै पनि महिलाहरुको नाङ्गो तश्वीर र नाङ्गो शरीर हेर्न तम्सिने पुरुषहरुले अकल्याण्ड शहरमा ३० जना महिलाहरुले आफ्नो आकर्षक वक्षस्थल सार्वजनिक रुपमै प्रदर्शन गरेपछि अरुलाई के चाहियो र ? त्यस अवसरमा मोबाइल, डिजिटल क्यामेरालगायत अन्य माध्यमबाट हजारौँ तश्वीरहरु खिचिएका थिए ।

यस किसिमको विज्ञापन शैलीलाई विरोध गर्न तम्सिनेहरुको पनि त्यहाँ कुनै कमी थिएन । एक सयभन्दा बढीको संख्यामा रहेका विरोधीहरुले यौनलाई खुला रुपमा यसरी प्रदर्शन गर्दा महिला र बालबालिकामाथि गम्भीर यौन अपराध हुनसक्ने कुरातर्फ औँल्याइरहेका थिए । उनीहरुले यसका विरुद्धमा विविध किसिमका ब्यानरहरु बोकेका थिए ।

यता यस कार्यक्रमका प्रमोटर स्टिभ क्रोले विगत पाँच वर्षयता यस्ता कार्यक्रमहरु गर्दै आइरहेका छन् र विरोध कार्यक्रम यसलाई अझ लोकप्रिय बनाउने माध्यम भएको बताइरहेका छन् । कार्यक्रममा यौनिक जीवनशैलीको प्रदर्शन, विभिन्न किसिमका सेक्स सामाग्रीहरुको प्रदर्शनी र यौनप्रसाधनलगायत स्पा बाथ र यौन चलचित्रहरुको डीभीडी बिक्रीमा राखिने बताइएको छ ।


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
नग्नता सेक्स हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: