Home» Around the World »Weird and Interesting

यौनप्रधान टीभी सञ्चालन गर्दा गर्व

क्यानेडेली जनतालाई आफ्नै देशमा सञ्चालन हुन थालेको यौन प्रधान टीभी च्यानलप्रति गर्व हुनु पर्ने यसका सञ्चालकले बताएका छन् । कम्तीमा ५० प्रतिशतभन्दा बढी सामाग्रीहरु आफ्नै देशले उत्पादन गरेको हुनुपर्ने शर्तका साथ प्रशारण शुरु भएको यो च्यानलको प्रसारणपछि अब आफ्नो रकम विदेश नजाने कुरामा ढुक्क हुन थालेका छन् ।

क्यानडेली रेडियो टेलिभिजन एण्ड टेलिकम्युनिकेशन कमिशन (सीआरटीसी) ले दोस्रो क्याटगरी अन्तर्गत पे-टीभी सञ्चालन गर्न बुधबार अनुमति दिएको छ । यो क्यानडाको पहिलो वयस्क टीभी च्यानल हुने अवसर त पाएको छ, यसले क्यानडामा नै उत्पादन भएका यौनप्रधान चलचित्र वा यौन सामाग्रीहरुको प्रसारण गर्नुपर्ने भएको छ ।

"मेरो विचारमा हामी क्यानडेलीहरु अमेरिकीहरुको बासी उत्पादन हेर्दाहेर्दा वाक्कदिक्क भइसकेका छौँ", टीभी सञ्चालक रियल प्रोडक्शन्सका अध्यक्ष साउन डोनल्लीले भने- "वास्तवमा विदेशीभन्दा स्वदेशी र स्वदेशीभन्दा स्थानीय सामाग्रीको सधैँभरि मान्छेलाई चासो भइरहेको हुन्छ ।" त्यसैले आफ्नो टेलिभिजनले छोटो समयमा नै लोकप्रियता कमाउन सक्ने उनले दाबी गरे ।

त्यसो त सीआरटीसीको प्रावधानअनुसार १५ प्रतिशत क्यानडेली सामाग्री भए मात्र पनि पुग्छ । तर सञ्चालकहरु ५० प्रतिशत सामाग्री चाहिँ क्यानडेली नै हुनुपर्छ भनिरहेका छन् । त्यसैले त त्यो पूरा गर्न सञ्चालकहरुले आफूले पाएको लाइसेन्समा यही शब्द घुसाएका छन् ।

"हामी क्यानडाको पहिलो र वास्तविक एडल्ट च्यानल बन्न चाहन्छौँ । तर त्यसका लागि १५ प्रतिशत मात्र काफी हुँदैन", अध्यक्ष डोनल्लीले भने ।

अहिले नै यस च्यानलले क्यानडेली उत्पादनहरुमध्ये २ सयभन्दा बढी यौन चलचित्र र ७५ भन्दा टीभी श्रृङ्खलाहरु जम्मा गरिसकेको छ ।

डोनल्लीले त्यसो त यसअघि अमेरिकी र बेलायतीहरुका लागि क्यानडेली उत्पादनहरु बनाएर बेच्ने गरेका थिए । त्यो अनुभव यतिबेला काम लाग्ने उनको भनाइ छ । क्यानडाका पाँच मुख्य केबुल वितरकहरुले यस च्यानलमा रुचि लिएकाले अब घरघरमा यो च्यानल पुग्न उति समय नलाग्ने रोयर्टसलाई उनले बताए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
नग्नता सेक्स हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: