Home» Around the World »Weird and Interesting

ननहरुको ब्युटी पेजेन्ट धरापमा

इटालीका एक इशाई पादरीले इन्टरनेटमा गर्न लागेको अनलाइन सौन्दर्य प्रतियोगितालाई नगर्न चेतावनी आएपछि उनले आफ्नो योजनालाई स्थगन गरेको बताएका छन् ।

उनको योजनालाई गलत तरिकाले व्याख्या गरिएकाले यसको स्थगन गर्नु परेको ती पादरीले जनाएका छन् ।

"मेरा अग्रज र मभन्दा माथिका पूजारीहरुलाई यो कुरामा चित्त बुझेन । तर तिनले मैले गर्न खोजेको कुरा बुझेनन्", आयोजनको सम्पूर्ण कार्य तयारीमा राखेका तर कार्यक्रम गर्न नदिएको झोँक पोख्दै फादर एन्टोनियो रुन्गीले रोयर्टसलाई बताए ।

"मैले ननहरुलाई क्याट वाक गराउन खोजेको चाहिँ थिइनँ", उनले भने- "यसलाई धेरैले शारीरिक तत्व बनेर आलोचना गरे ।"

रुन्गीले केही समयअघि आफ्नो यो सोचलाई आफ्नो ब्लगमा लेखेका थिए । उनको त्यो ब्लगमा लेखिएको कुरालाई विरोध गर्दै त्यहाँको लोकप्रिय एक पत्रिकाले टिप्पणी गरेपछि उनको योजना धर्मरिएको हो ।

उनले स्पष्ट पार्दै भने- "त्यहाँ ननहरुले मेरो ब्लगमा गएर भोट हाल्नेछन् । भोटको आधार चाहिँ उनीहरुको आत्मिक सोच, आत्मिक विकास, सामाजिक चेतना र समाजसेवा र अन्य किसिमका विभिन्न गुणका आधारमा मिस नन घोषणा हुने कार्यक्रम थियो ।"

"यसरी चाहिँ मानिसको वास्तविक आन्तरिक सौन्दर्य प्रस्फुटन हुनेछ भन्ने मैले सोचेको थिएँ", उनले भने- "तर मभन्दा माथिका पादरीहरुको घोर विरोधका कारण यसलाई स्थगन गर्नुको विकल्प मसँग छैन ।"

यो कार्यक्रम शुरुमा इटालीका ननहरुबाट शुरु भएर संसारभरकै ननहरुबीच प्रतियोगिता गराउने उनको सोच थियो । तर उनले यो कार्यक्रम अहिलेलाई स्थगन गरेको घोषणा गरे लगत्तै इटालीभरबाट यस कार्यक्रमको सहयोग र र्समर्थनमा फोन र इमेलहरु आउन थालेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सुन्दरी हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: