Home» Around the World »Weird and Interesting

रुख मान्छे चर्चामा

शरीरभरि जरा नै जरा उम्रिएका इण्डोनेसियाका "रुख मान्छे" अहिले आफ्नो रोगको सफल उपचार गराएपछि पनि चर्चामा रहेका छन् ।

६ किलोग्रामभन्दा बढी विभिन्न किसिमका "नचाहिँदो तत्व"हरु फ्याँकेपछि अहिले उनको सफल उपचार भएको विश्वास गरिएको छ ।

डेडे नाम रहेका यी व्यक्तिको शरीरमा रुखका जराजस्ता कोष (सेल) बढ्न थालेपछि उनी साधारण मान्छेबाट 'रुख मान्छे' बनेका थिए । यिनको शरीरमा उम्रिएका रुखका जरा र विभिन्न जनावरका सिङजस्ता तत्वले उनको नाम 'रुख मान्छे' राखिएको थियो ।

त्यसो त उनी जन्मिदै यस्ता थिएनन् । उनी टीन एजर हुँदा एक पटक घुँडामा चोट लाग्यो । त्यो चोट निको भएपछि उनको शरीरमा सिङहरु उम्रिन थाले । यस्तो सिङ उम्रिन थालेपछि उनलाई जागीरबाट निकाला मात्र गरिएन कि उनकी श्रीमतीले पनि छाडिदिइन् ।

उनका डाक्टर राचमद डिनाटाले यी ३७ वर्षीय यिनको अप्रेशन गरेपछि ९० प्रतिशतभन्दा बढी सिङहरु गायब भएका छन् । यसका लागि उनले ९ वटा अप्रेसन गर्नु परेको थियो ।

"ऊ पूर्ण रुपले निको हुन सक्तैन तर उसको जीवन पहिलेको जस्तो हेपिने वा घृणा गरिनेजस्तो चाहिँ रहने छैन", डा. डिनाटाले भने- "अहिले उनी आफैँ खान सक्छन्, लेख्न सक्छन्, मोबाइल चलाउन सक्छन् ।"

यस किसिमको रोग पेपिलोमा भाइरस इन्फेक्शनका कारण हुने गरेको डाक्टरहरुको मत छ । अहिले यी सिङ वा रुखका जरा उम्रिन रोकिए पनि भविष्यमा पुनः पलाउन सक्ने डाक्टरहरु बताउँछन् । तर यो रोग लागेको मान्छेको ज्यान चाहिँ तत्काल नजाने उनीहरुले बताए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,