Home» Around the World »Weird and Interesting

भ्यागुतामाथिको झगडा

इटालेली एक म्युजियमले हरियो भ्यागुतालाई क्रूसिफाई गरेको काष्ठकलालाई बनाएको र त्यसलाई सार्वजनिक रुपमा प्रदर्शन गरेको विरोधमा इटालीका पोपले त्यसको विरोध गरेका छन् । विरोध मात्र होइन त्यो चित्रलाई निकाल्नसमेत आदेश दिएका छन् । तर यता म्युजियमले पोपको साँघुरो सोचभन्दै आफूहरुले त्यो चित्रलाई कसै गरी पनि निकाल्न नसक्ने बताएको छ ।

क्रुसिफाई गरिएको हरियो भ्यागुतोले एउटा हातमा बियरको मग र अर्को हातमा अण्डा टाँसिएको छ । यस्तो चित्रित गर्नु राम्रो होइन भनी भ्याटिकन सिटीका पोपले कडा प्रतिवाद गरेका थिए ।

यता मेजिअन नामक म्युजियमका बोर्ड सदस्यहरुले यस काष्ठकलालाई पर््रदर्शनमा ल्याउनुअघि यस्तो गर्नु ठीक हो कि होइन भनी गरिएको भोटिङमा उसले भारी मतले स्वीकृति पाएको थियो । यसलाई एउटा कलाका रुपमा लिइनुपर्ने उनीहरुको आग्रह थियो ।

काष्ठकलाबाट निर्मित यसलाई जर्मन कलाकार मार्टिन किपेनबर्गरले बनाएका हुन् । ४ फिट अग्लो यो कलाको नाम "फिट फर्स्ट" राखिएको छ । मृत भ्यागुतो भनेर सम्झाउन यसको हरियो जिब्रो बाहिर निकालिएको छ ।

इटालीको उत्तरी शहर बोल्जानोमा अहिले यो कलाको विरोध भएपछि झन् भीड बढेको छ ।

यता म्युजियमका अधिकारीहरुले यी कलाकार १९९७ मा नै मरेका हुनाले यिनले आफू मर्नुअघि आफ्नो देहान्त भएको देखाएको र यसलाई कुनै नराम्रो नदेखेको बताएका छन् ।

पोप बेनेडिक्ट जो आफैँ पनि जर्मन मूलका हुन्, बोल्जानो शहर नजिक छुट्टी मनाउन जाँदा उनले पत्रकारसमक्ष यस्तो चित्र बनाउनु गलत भएको बताएका थिए ।

रमाइलो के छ भने यो प्रदर्शनी भएपछि केही व्यक्तिहरुले यस कलालाई हटाउन केहीले भोक हडताल पनि शुरु गरिसकेका छन् र यो कलाले "धेरैको धार्मिक भावना र आस्थामाथि चोट पुर्‍याएको" बताइएको छ ।

अर्का पोप प|mान्ज पालले रोयर्टससँग टेलिफोनमा भने- "केही व्यक्तिहरुलाई यो कला लाग्ला तर मेरो विचारमा यो घटिया विचारको सबैभन्दा निकृष्ट उत्पादन हो ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
जनावर माया सेलेब्रिटी सुन्दरी गुगल इन्टरनेट भव्यता बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन मुद्दा मामिला उपाय फट्याइँ हलिउड कीर्तिमान श्रीमानश्रीमती परिस्थिति उदेकलाग्दो उदारता
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल