Home» City Life »Updates

गिफ्ट लिनेदिनेको शैलीको नयाँ शुभारभ्भ



प्रवास बसोबास गर्ने नेपालीलाई स्वदेश तथा आफन्तजनसँगको अन्तरङ्ग सम्बन्ध प्रगाढ बनाई राख्न नेपालस्थित श्री शुभलक्ष्मी ट्रेडिङ कर्न्र्सन तथा बेलायतको कम्पनी गिफ्ट नेपाल लिमिटेडको संयुक्त तत्वाधानमा अनलाईन गिफ्ट शप www.giftayo.com सञ्चालन गरिएको छ । 

अमेरिका, बेलायत, जापान, हङकङ, अष्ट्रेलिया वा संसारभरको कुनै पनि देशमा छरिएर रहेका नेपाली तथा गैर नेपालीले नेपालमा रहेका परिवार, प्रियजन तथा आफन्तहरुलाई विवाह, जन्मदिन, वाषिर्कोत्सव, बधाई जस्ता अवसर, नयाँ वर्ष दशै तिहार, तीज, क्रिसमस, इद, आमाको मुख हेर्ने, बाबुको मुख हर्ने दिन जस्ता विभिन्न चार्ड पर्व वा अन्य कुनै पनि दिनहरुमा सम्झना स्वरुप तपाईको प्रियजनको घरसम्म कुनै पनि उपहार तथा समानहरु तपाईले विदेशमा बसेर सजिलैसँग पठाउन सक्ने जारी विज्ञप्तिमा जनाइएको छ ।
www.giftayo.com ले आफ्ना ग्राहक वर्गको मागलाई मध्यनजर गर्दै नेपालको लोकप्रिय, गुणस्तरीय समान तथा उपहारहरुमात्र उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । केक, पेस्टिज, लन्च डिनरका लागि होटल याक एण्ड यति, होटल रेडिशन, ग्रिटिङ कार्डहरुको लागि हलमार्क, त्यस्तै आइरिस फ्लावर, इना, राम मिष्ठान्न भण्डार, सेलवेज डिपार्टमेन्ट स्टोर, टिभी वर्ल्ड, किड्स वर्ल्डहरु जस्ता ब्राण्डेड कम्पनी एवम् उत्पादनहरुलाई आफ्नो व्यवसायिक सहयात्री बनाएको छ ।

ग्राहकको मागलाई ध्यानमा राख्दै काठमाण्डौ रिङ रोडभित्र कुनै पनि स्थानमा निःशुल्क समान डेलिभरीको व्यवस्था गर्ने र रिङरोड बाहिर न्युनतम शुल्कमा घरसम्मै उपहार पुर्याउने व्यवस्था गरिएको जानकारी पनि गिफ्टआयोले दिएको छ ।

www.giftayo.com बाट उपहार तथा समानहरु पठाउन ग्राहकहरुले www.giftayo.com साईटमा गएर लग अन गर्नुपर्दछ । त्यहाँ आफ्नो नाम, ठेगाना तथा पाउनेको नाम ठेगाना एवम् आवश्यक डाटा भरेपछि आफूले चाहेको उपहार तथा समानहरु पठाउन सक्नुहुनेछ । भुक्तानीका लागि पेपाल तथा सबै खालका कार्ड स्वीकार्य हुने कम्पनीले जनाएको छ । ग्राहक वर्गको सूचनाहरु अत्यन्तै गोप्य राखिनेछ । पेमेन्टका लागि पेपाल तथा बेलायतको एचएसबीसी बैंक प्रयोग गरिएको पनि विज्ञप्तिमा जनाइएको छ । यो बैंक संसारकै अत्यन्तै विश्वसनीय बैंक मानिन्छ ।

"प्राविधिक सल्लाह र कुनै पनि जानकारी चाहिएमा ग्राहकहरुको सुविधाका लागि नेपालको बानेश्वरस्थित कार्यालय सातै दिन २४ सै घण्टा खुल्ला रहने तथा अनलाईन च्याट एवम् टेलिफोनबाट  सघाउन हाम्रो टिम सदा तत्पर रहेको अवगत पनि गराउन पनि चाहन्छौं", कम्पनीका सञ्चालक रमेश सिंह सराङ्कोटीले बताए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country