Home» Around the World »Weird and Interesting

भ्याकुम क्लिनरको निहुँ गर्दै चोरी

चोर्ने शैली पनि क्या नौलो !!

अमेरिकी प्रहरीले आफूलाई भ्याकुम सेल्सम्यानका रुपमा चिनाउने व्यक्तिलाई एउटी महिलाको गहना चोरेको आरोपमा पक्राउ गरेको छ ।

नाम नखुलाइएका ती चोरले प्रायः आफू भ्याकुम क्लिनर बिक्रेता बन्दै घरघर डुल्ने र हात परेका ससाना सामानहरुलाई कसरी भ्याकुम क्लिनर प्रयोग गर्ने भन्दै सिकाएर भ्याकुम क्लिनरलाई ती सामाग्री खुवाउने गर्दै सामान हजम गर्दा रहेछन् ।

प्रहरीलाई यस कुराको जानकारी तब भयो, जब अमेरिकाको साइप्रेसस्थित एक महिलाले बाथरुममा राखिएको आफ्नो गहना केही मिनेटभित्रै हराएको दाबी गर्दै प्रहरीलाई खबर गरिन् ।

एपी समाचारका अनुसार, प्रहरीले तिनलाई कसमाथि शंका गर्नुहुन्छ भन्ने प्रश्न गर्दा केही समय अघि आएको एक भ्याकुम क्लिनर बिक्रेतामाथि शंका गरेको बताइन् ।

प्रहरीले ती बिक्रेतालाई त्यही शहरबाट खोजिकन निकाले ।

यता नाम नखुलाइएका ती व्यापारीले बाथरुम सफा गर्न सिकाउँदै गर्दा केहीबेर ओझल परेकी महिलाको कानको गहनालाई भ्याुकम क्लिनरले निलिदिएको स्वीकार गरेका छन् ।

त्यसपछि बिना कुनै शंका उनी त्यहाँबाट निस्किएका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल