Home» Around the World »Weird and Interesting

९० वर्षे बूढा रुख चहार्दै

९० वर्षको उमेरमा पनि चीनका एक वृद्ध रुख चढ्नमा खप्पिस छन् ।

बाओडिङस्थित जियाबाओ गाउँका गु क्वान्सी रुख चढ्नमा यति खप्पिस छन् कि उनले चढ्न नसक्ने शायदै कुनै रुख होला भनी गाउँलेहरु ज्रि्रो टोक्ने गर्दछन् ।

"म बच्चै हुँदा मेरो परिवार निकै गरीव थियो, त्यसैले मेरो परिवारलाई भोकै नराख्न म ठूल्ठूला रुख चढेर विभिन्न किसिमका फलफूल र पात पतिङ्कर ल्याउने गर्थेँ", उनले आफ्नो पौरख सम्झि

अब उनको जीवनमा गरिवी छैन । त्यसैले अबका दिनमा उनले रुख रुख चहारेर कन्दमुल खोज्नुपर्ने आवश्यकता छैन । "त्यसैले मेरा सन्तानहरुले रुख चढ्नलाई प्रतिबन्ध लगाएका छन् । खासगरी ठूल्ठूला सुलुत्त परेका रुखहरु चढ्न रोक लगाएका छन् । चढ्नै मन लागेको खण्डमा पनि मलाई लिस्नु लगाउनू भनेर सुझाव दिन्छन्", हिजोआजको दैनिकी उनी बताउँछन् ।

तर यी बूढा के मान्थे, रुख चढ्नु उनका लागि गाँजाको नशाभन्दा चर्को छ । उनी एक्लै पहाडी इलाका पुग्छन् र रुख चढ्न थालिहाल्छन् । अहिलेलाई आफ्नो नशालाई ज्यूँदै राख्न ३० देखि ६० फिट अग्ला रुखहरु चढ्ने गरेका छन् ।

पछिल्ला केही समय उनी पहाडतिर उक्लिन पनि सकिरहेका छैनन्, उमेरका कारणले । त्यसैले उनले नै आफ्नो आँगनमा रोपेको ४० वर्षको वालनट रुखमाथि आफ्नो सीप उपयोग गर्ने गरेका छन् । रोचक कुरा के छ भने यसको फल हरेक वर्ष उनले नै टिप्ने गरेका छन् । उनी अरु कसैलाई यसको छेउ पर्न दिँदैनन् ।

ए । यान जाओ मेट्रो पोलिस न्यूजलाई उनले भने- "रुखमा चढ्न सिक्नु नै मेरो जीवनको सबैभन्दा ठूलो उपहार बनेको छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति नग्नता उदारता फट्याइँ मुद्दा मामिला मूर्ख्याइँ भव्यता विज्ञापन गुगल हलिउड सेक्स कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read