Home» Around the World »Weird and Interesting

भैँसीले आइमाइलाई बचायो

चीनमा पाँच भैँसीले आफ्नी मालिक्नी मार्न खोज्ने एक भालुबाट उनलाई बचाएका छन् ।

युनान प्रान्तको चेङनिङ शहरको एक कुनामा रहेको एउटा गाउँकी ५५ वर्षीया लोउ फेन्जु त्यस बेला साँझपख आफ्ना भैँसीलाई लिएर घर फर्किने तयारी गरिरहेकी थिइन् । त्यसका लागि उनले आफ्नो खेतमा प्रयोग हुने सामानहरु मिलाउँदै थिइन् ।

यत्तिकैमा उनले केही अनौठो आवाज सुनिन्, फर्किएर हेर्दा त एउटा भालु उनलाई आक्रमण गर्ने तयारी गरिरहेको थियो ।

"म फर्किने तयारीमा थिएँ र केही सामान बटुलबाटुल गर्दै थिएँ । यत्तिकैमा केही अनौठो आवाज सुनेँ । फर्केर हेर्छु त मेरो अघिल्तिर मलाई नै क्वार्रक्वार्ती घुरिरहेको थियो", उनले चुनचेङ इभिनिङ पोष्टलाई बताइन् ।

लुयोका अनुसार भालुले तत्काल उनलाई एक झापड हान्यो र उनी तत्काल भुइँमा पछारिइन् । उनी भुइँमा पछारिएको मौकामा भालुले उनलाई क्याप्प दायाँ गोडामा टोक्यो र उनलाई तान्न थाल्यो । "मलाई यस्तो लाग्यो, मेरो अन्तिम दिन आइपुग्यो", उनले पत्रिकालाई बताइन् ।

तर उनले चिच्याउन चाहिँ छाडिनन्, यो चिच्याई सुनेर चरिरहेका उनका पाँच भैँसीहरु घाँस छाडेर आफ्नी मालिक्नीलाई बचाउन आइपुगे । "पाँचै वटा भैँसीहरु भालुको छेउमा आएर सक्दो कराउन थालेँ, घुर्न थाले, सिङले हानुँलाझैँ गर्न थाले", त्यतिबेलाको अवस्था बताउँदै उनले थपिन्- "भालुले त्यसपछि पनि नटेरेपछि चारैतिरबाट मलाई घेरा हाले र एउटा भैँसीले चाहिँ भालुलाई हान्न थाल्यो ।"

यो चमत्कार देखेकी उनले भनिन्- "केही मिनेटको घम्साघम्सीपछि भालु टाप कस्यो र पाँच वटा भैँसीले मलाई बचाइछाडे ।" उनले ती पाँच भैँसी बिना आफू अहिले ज्यूँदो नरहने बताइन् । ५५ वर्षकी भएका कारण पनि भालुसँग आफूले लड्न नसक्ने हुनाले आफ्नो मृत्यु निश्चित देखेकी थिइन् ।

होहल्ला गर्दै गाउँलेहरु आइपुग्दा भैँसीहरुले आफ्नी मालिक्नीलाई पहरा दिन छाडेका भने थिएनन् । मालिक्नी रगतले लतपत थिइन् ।

भैँसीको यो चाल देखेर गाउँलेहरुले ती पाँचै वटालाई नायकको पगरी गुथाउँदै एक सातासम्म राम्रा र मीठा घाँस खुवाएको समाचारमा जनाइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
जनावर माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता इन्टरनेट नग्नता बलिउड मूर्ख्याइँ विज्ञापन मुद्दा मामिला श्रीमानश्रीमती फट्याइँ कीर्तिमान परिस्थिति हलिउड उपाय उदेकलाग्दो उदारता
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह