Home» Around the World »Weird and Interesting

पानीबाट डराउने हाँस

सामान्यतयाः हाँसहरु पानीमा रमाउँछन् । र, तपाइँहरुमध्ये धेरै जनाले आफ्नो एउटा समूह बनाएर पानी-पोखरीमा पौडिएर रमाइरहेका अनेक हाँसहरु देख्नु भएको पनि हुन सक्छ ।

तर चीनका एक किसानले चाहिँ आफ्नो यस्तो हाँस फेला पारे, जसको गोडा कुखुराका जस्ता छन् र पानी देख्ने बित्तिकै डराउँछ ।

जिचेङ शहरनजिकको हुआनजिङ गाउँमा रहेको यो हाँस हर्ेन दैनिक दर्जनौँ व्यक्तिहरु फु हैवेनको घरमा आइपुग्छन् ।

गएको जुन महिनामा उनले हटियामा किनेको यो हाँस यस्तरी पानीबाट डराउँछ भन्ने चाल पाएका चाहिँ थिएनन् । उनले किनेको १० दिनपछि मात्रै यो कुरा थाहा पाएको स्थानीय लिबिन न्यूजले जनाएको छ ।

अन्य हाँसभन्दा भिन्दै चरित्र देखाउने गरेकाले केही समयपछि त फुले यो हाँसको चाल बेग्लै रहेछ भन्ने थाहा पाइहाले । तर जाँच गर्दै जाँदा हाँसको जस्तो गोडा नभएर कुखुराकोजस्तो गोडा पाएपछि चाहिँ उनी आफैँ चिताङ खाए ।

"शायद अन्य हाँसका झैँ गोडा नभएकाले पनि पानीमा पौडिन सक्तिनँ होला भनेर यो पोखरीतिर नगएको हुनसक्छ", किसान फुले पत्रिकालाई बताए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो जनावर सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति नग्नता उदारता फट्याइँ मुद्दा मामिला मूर्ख्याइँ भव्यता विज्ञापन गुगल हलिउड सेक्स कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,